November 28, 2021

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषदको बैठकको निर्णय: कडाउनमा कडाई गरिने, एक स्थानीय तहदेखि अर्कोमा जान नपाइने

1 min read

काठमाडौं । सरकारले लकडाउन अर्थात् बन्दाबन्दीलाई थप कडाई गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गर्दै कडाई गरेको हो ।

सरकारले कोरोना संक्रमणको पछिल्लो अवस्थालाई ध्यान दिँदै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहमा हुने आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन शुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन फेरि थपेर चैत २५ गतेसम्मका लागि तोकिएको छ ।

चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे अहिले कुनै निर्णय नगरेको र आगामी मन्त्रिपरिषद् बैठकबाट निर्णय हुने जानकारी मन्त्री खतिवडाले दिए ।

कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा कोरोनाको परीक्षणलाई तीव्रता दिने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस ९कोभिड–१९० को र्‍यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो ।

लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा। खतिवडाले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० चैतदेखि देशभर लकडाउन गरेको छ । सुरुमा चैत १८ गतेसम्म गरिएको लकडाउनको अवधि थप गर्दै हाल २५ चैतसम्म पुर्याइएको छ ।

Leave a Reply

Your email address will not be published.