November 28, 2021

Halkhabar kura

Entertainment Site

प्रविशा अधिकारी र गायक राज हृदयको ‘तक्दिर बजारमा (भिडियोसहित)

1 min read

काठमाडौं । अहिलेकी निकै चर्चित तथा सबैको नजरमा पर्न सफल गायिका प्रविशा अधिकारी र गायक राज हृदयको आवाजमा ‘तक्दिर’ बोलको प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार डिपी खनालको शब्द तथा अजय तामाङको संगित रहेको उक्त गीत राम्रो बनेको छ ।

रागा स्टिुडियोमा रेकर्ड गरिएको गीतमा शाहस शाक्यको संगित संयोजन तथा एच बि एन् किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको छ । अहिलेका चर्चित मोडल एलिशा राई र कमल सिंहको उत्कृष्ट केमेस्ट्री रहेको भिडियोको छायाङ्कन् अर्जुन तिवारी र टिमले गरेका हुन् ।

भिडियोको सम्पादन भने सुप्रिम पराजुलीले गरेका हुन । ओ.एस.आरले प्रोडक्सन गरेको उक्त भिडियोको निर्देशन अहिलेका चर्चित निर्देशक शान थापाले गरेका हुन् ।

आजबाट बजारमा आएको उक्त भिडियो युट्युबमा ओ.एस.आर. डिजिटलमा उपलब्ध छ । गीतको छायांकन धुलिखेलको रमणीयस्थलमा भएको संगीतकार अजय तामाङले जानकारी दिए ।

यो पनि पढ्नुस,

काठमाडौं । पछिल्लो समयमा बजारमा लोक तथा दोहोरी गीत एकपछि अर्का गरेर गीतहरु आउने क्रम अत्यधिक बढेको छ । यहि क्रममा गायक, सर्जक गणेश अधिकारीको ‘शास्त्र’ सार्वजनिक भएको छ । गायक अधिकारी र कलपना घर्तीको शब्द तथा अधिकारीकै संगीत रहेको शास्त्रमा अधिकारीसंग गायिका विष्णु माझीको आवाज रहेको छ ।

मन र धन हुनेबिचको दुरि र बिचारलाई कथामा उतार्न खोजिएको गीतमा सहोदर दाजुभाईबिचमापनि धनले फाटो ल्याउछ भन्ने कुरालाई चित्रण गर्न खोजिएको छ । समाजमा रहेको गरिवीलाई कलात्मक कथामा रुपान्तरण गरियोको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतमा कलाकार आशिर प्रताप जंग, सारिका केसी, गायक स्वय्र अधिकारी र सानी परियारको अभियन रहेको छ । गीतको निर्देशन कपिल लामाले गरेका हुन भने गीतलाई योग्शना डिजिटल म्युजिक प्रालिको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

आफ्नो उत्कृष्ट सिर्जना मार्फत सबैको मन जित्दै चर्चामा रहेका लोकप्रिय गायक तथा कुशल सर्जक अधिकारीका यसभन्दा अगाडिपनि थुप्रै गीतहरु बजारमा आएका छन् जस्लई दर्शकश्रोताले अत्यधिक मायापनि गरिदिनुभएको छ । अधिकारीलेनै सिर्जना गरेको पछिल्लो गीत पासपोर्ट हरियो समेत निकै चर्चामा रहेको छ । गीत टिकटकमा अत्यधिक रुचईएको छ ।

Leave a Reply

Your email address will not be published.