October 17, 2021

Halkhabar kura

Entertainment Site

‘ओली महाराज ढाँटेको कुरा र फाटेको कुरा लुकाउन गाह्रो हुन्छ’ – धनराज गुरुङ्ग

1 min read

नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई सहज र सरल रुपमा आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी बन्दै गएको पाइन्छ । सोही अनुसार नेपाली राजनीतिज्ञहरु समाजिक सञ्जालमा गतिविधि बढाउँदै गएका छन् ।

ती मध्येका एक हुन नेपाली काँग्रेसका युवा नेता धनराज गुरुङ । उनी सामाजिक सञ्जालमार्फत मुलुकको राजनीतिक, सामाजिक र साँस्कृतिकलगायतका विषयमा दरिलो ढङ्गले टिकाटिप्णी गर्ने सक्रिय नेता हुन् । गुरुङ सामाजिक सञ्जाललाई विचार मन्थन गर्ने थलोका रुपमा लिन्छन् । आफूले यसलाई सूचना प्राप्तिको माध्यमका रुपमा बुझ्ने गरेको उनी बताउँछन् ।

त्यसमा पनि उनी पहिलो रोजाइ समाचार हुन्छ । अनि सरसर्ती विभिन्न समाचार साइटमा मुलुकको राजनीतिक गतिविधिका समाचारमा आफ्नो ध्यान केन्द्रित गराउँछन् । र, समाचार पढेर नयाँ विचार दिने गरेको उनी सुनाउँछन् । त्यसपछि उनी फेसबुक र ट्वीटरमा हुने बहसको विषयलाई नियाल्ने गर्दछन् ।

सामाजिक संजालमा सक्रिय कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्र्दै ढाँटेको कुरा र फाटेको लुगा लगाउन नमिल्ने बताएका छन् ।

आज शुक्रबार काठमाडौँमा नेकपा ओली समूहले गरेको आम सभालाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले इतिहासकै सबैभन्दा धेरै विकास गरेको दाबी गरेको प्रति गुरुङले कटाक्ष गरेका हुन् ।

‘प्रम ओलीको भाषणको पहिलो लाइन : हुलाकी सडक, रेल संचालन,पानी जहाज, सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘प्रम ओलीको भाषणको दोस्रो लाइन : सरकारलाई काम गर्न नदिएकाले संसद भंग गरेको हुँ। नरिसाइ बक्स्योस् महाराज ! ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ।’