November 27, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा घूस खुवाउन पाइन्छ : गरिबलाई भात खुवाउन पाइन्न (भिडियोसहित)

1 min read

महानगरपालिका आफैंले ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभियान चलाइरहेको छ । तर महानगरका भोका गरिबहरुलाई खाना चाहिँ विभिन्न संघ संस्था र युवाहरुको अभियानबाट खुवाउने गरिन्छ । त्यस्ता अभियन्तालाई महानगरपालिकाले सहयोग गर्नु त कहाँ हो कहाँ । निःशुल्क खाना खुवाउनेहरुलाई पनि यस्तो कार्य नगर्न दबाब दिन थालेको छ । एक महिनाभन्दा बढी समयदेखि काठमाडौंको खुलामञ्चमा हन्ड्रेड ग्रुप, मानवी क्रियटिभ एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, सेभ एसोसिएसन नेपाल लगायत संस्थाले निःशुल्क खाना खुवाइरहेका छन् ।

महानगरको मुटुमै भोका र गरिबहरुलाई खाना खुवाउँदा मेयर विद्या सुन्दर शाक्यको बेइज्जत भएको भन्दै यस्तो खाना खुवाउँने कार्यक्रम बन्द गर्न निर्देशन दिइएको खबरहरु सार्वजनिक भएका छन् ।

महानगरपालिका नगरप्रहरीहरुको एक टोली सोमबार खुलामञ्च पुगेर निःशुल्क खाना खुवाउने कार्य बन्द गर्न अभियन्ताहरुलाई दबाब दिएको थियो । नगर प्रहरीको समूहले मेयर विद्यासुन्दर शाक्यको आदेश भन्दै भोका मानिसहरुलाई खाना नखुवाउनू भन्ने सन्देशसहित उर्दी जारी गरेको थियो ।

चुनावी वाचा पूरा गर्न नसकेर असक्षम ठहरिएका मेयर विद्या सुन्दर शाक्य पटक-पटक विवादमा पनि पर्दै आएका छन् । चुनाव जित्न दुई वर्षमा काठमाडौंमा मोनोरेल र मेट्रोरेल सञ्चालन गर्ने हावादारी वाचा गरेर जनता झुक्याएका मेयर शाक्यको तीन वर्ष आलटाल एवं विवादित काम गरेरै खर्चिएका छन् ।

एउटा रानीपोखरी पुनर्निर्माण समेत गर्न नसकेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको शरणमा योजना सुम्पिएका मेयर शाक्यका नाममा काठमाडौं महानगरमा कुनै कीर्ति नरहेन लगभग निश्चित नै छ । काम गर्ने भन्दा पनि हचुवा र उडन्ते वाचा गरेर चुनाव जितेका मेयर शाक्य जनतामा त अलोकप्रिय भइ नै सकेका छन् भने पार्टीमा चाहिँ ‘यिनलाई अब सुधार्न सकिदैनँ’ भन्ने निष्कर्षमा उच्च तहका नेताहरु पुगेको बताइन्छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.