October 28, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौँलाई मागी खाने शहर भनेर विश्वमाझ चिनाउने प्रयास नहोस् : मेयर शाक्य

1 min read

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकालाई गरिखाने शहरको रुपमा चिनाउन निः शुल्क खाना वितरण कार्यक्रम रोकिएको बताएका छन् ।

खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन गर्दै काठमाडौँमा खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको बताए ।काठमाडौँलाई गरिखाने ठाउँको रुपमा चिनाउनुपर्ने मान्यता रहेको बताउँदै उनले विश्वमा काठमाडौँ मागी खाने ठाउँ भनेर चिनाउने प्रयास नगर्न चेतावनी समेत दिएका छन् ।

कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी भएमा आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उनीहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौँ महानगरपालिका प्रतिवद्ध रहेको शाक्यले दावी गरेका छन् ।

देशमा लकडाउन हटिसकेकाले सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिने शाक्यको भनाइ छ ।

‘हुनेखानेले मात्रै होइन दीनहीनले पनि स्वस्थ्यकर र पेटभरि खाना खान पाउनुपर्छ, काठमाडौँ महानगर यो मान्यतामा दृढ छ । श्रम गरी खान सक्ने युवालाई श्रमप्रतिको सम्मानका लागि प्रेरणा जागृत गराउनुपर्छ, अल्छी बनाउनुहुन्न’, शाक्यले भने ।

कोरोना महामारीका कारण रोजगारी गुमेर केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई भने यसले आघात पुर्याउने कुराप्रति सचेत हुन मेयर शाक्यको आग्रह छ ।

अहिले काठमाडौँका पुरानो बसपार्क लगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति पनि ध्यानाकर्षण शाक्यको भनाइ छ ।

कुनै पनि मानवीय सेवा यदि स्वच्छभाव र स्वार्थरहित ढंगले प्रदान गरिएको छ भने त्यसलाई आडम्बरपूर्ण सार्वजनिक प्रदर्शनको विषय बनाउनु आवश्यक हुन्न । समस्यामा परेका श्रमिक, गरिब र असहायलाई खाना खुवाउने कार्यमा काठमाडौँ महानगरपालिकाको कुनै वैरभाव छैन ।

जनगुनासोलाई समेत ध्यानमा राखी बढी भिँडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा महानगरपालिकाले आग्रह गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न काठमाडौँ महानगरपालिका तयार रहेको पनि शाक्यको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.