October 28, 2021

Halkhabar kura

Entertainment Site

पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु, मृतक कुल संख्या कति ?

1 min read

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप ३० जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ।

Leave a Reply

Your email address will not be published.