October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपालमा आज थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ८४४ डिस्चार्ज

1 min read

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ८ सय ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा जनाको १३ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ भने १ हजार ३ सय ५ जना क्वारेन्टिनमा छन्।

Leave a Reply

Your email address will not be published.