October 17, 2021

Halkhabar kura

Entertainment Site

अहिलेसम्मकै सबैभन्दा बढी १४ को मृ’त्यु, थपिए १,३५९ कोरोना सं’क्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

1 min read

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ । यो सँगै कोरोना सं’क्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।डा गौतमका अनुसार नयाँ थपिएका सं’क्रमितमध्ये ३६४ जना महिला र ८९५ जना पुरुष रहेका छन् । देशभर १८ हजार ४०४ जना सक्रिय सं’क्रमित रहेका छन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एकजना, खोटाङका २ जना, ओखलढुंगाका २ जना, झापाका २८ जना, मोरङका ७६ जना र सुनसरीका ३९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४३ जना, पर्साका २७ जना , बाराका २१जना, महोत्तरीका ४६ जना, रौतहटका २ जना, सप्तरीका २६ जना, सर्लाहीका ८० जना र सिरहका एकजनामा को’रोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३८६ जना, काभ्रेका ७ जना, चितवनका ८२ जना, दोलखाका २ जना, धादिङका १९ जना, नुवाकोटका ५ जना, भक्तपुरका ३६ जना, मकवानपुरका १८ जना, रसुवाका एकजना, रामेछापका १३ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका ४ जना र सिन्धुलीका २ मा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २० जना, गोरखाका २६ जना, तनहुँका १२ नवलपरासी पूर्वका २८ जना, म्याग्दीका एकजना, लमजुङका १० जना, बाग्लुङका एकजना र स्याङ्जाका ३ जनामा को’रोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका ७ जना, गुल्मीका २ जना, दाङका ७ जना, पाल्पाका ६ जना, बर्दियाका १४ जना, बाँकेका ४८ जना, रुकुम पूर्वका एकजना र रुपन्देहीका ४४ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका २ जना, जुम्लाका २१ जना, दैलेखका ९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना, सुर्खेतका २४ जनामा को’रोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका एकजनाजना, कंचनपुरका ५ जना, कैलालीका ५२ जना, डोटीका ४ जना, दार्चुलका ३ जना, बझाङका ३ जना र बैतडीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्मकै सबैभन्दा बढी १४ को मृ’त्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भा’इरसको सं’क्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गु’माउनेको संख्या २७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.