October 28, 2021

Halkhabar kura

Entertainment Site

जनताको दु:खमा सरकार छ – गृहमन्त्री थापा

1 min read

बाग्लुङ – गृहमन्त्री रामबहादुर थापाले ढोरपाटनका बाढी प्र’भावितहरुलाई आज राहत सामग्री प्रदान गरेका छन् । उनले ढोरपाटन नगरपालिका–९ सुप्राङको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनसमेत गरे ।

गृहमन्त्री थापासहित बागलुङ–२ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली राहतसहित ढोरपाटन पुगेको थियो । बाढीले घरबास गुमाएका परिवारलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट, म्याटलगायतका सामग्री वितरण गरिएको हो ।

राहत वितरणपछि बोल्दै गृहमन्त्री थापाले बाढी प्र’भावितहरुको राहत र पुनःस्थापनामा सरकारले सघाउने बताएको सासंद् पौडेलले जानकारी दिए । । “जनताको दुःखमा सरकार साथै रहेको उल्लेख गर्नुभएको छ”, उनले भने ।

गृहमन्त्री थापाले बाढीमा परी ज्यान गु’माएका व्यक्तिका परिवारलाई सरकारले रु. दुई लाखका दरले राहत प्रदान गर्ने बताएका छन् । यस्तै पू’र्णरुपमा क्ष’ति भएका घरको पुनः निर्माणका लागि रु. तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको सांसद् पौडेलले बताए ।

उनले बाढीले क्ष’तिग्रस्त बनाएको सालझण्डी–ढोरपाटन सडकको मर्मत र स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले बाढीले सडक, पुललगायत भौतिक संरचनामासमेत ठूलो क्ष’ति पुगेकाले तिनको पुनःनिर्माणमा सबैको हातेमालो चाहिने उल्लेख गरे ।

ढोरपाटन नगरपालिकालगायत अन्य सङ्घसंस्था, व्यक्तिले पनि खाद्यान्नलगायतका अत्यावश्यक सामग्री प्रदान गरेका छन् । बिहीबार राहत सामग्रीसहित गृहमन्त्री सवार नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण बीचबाटै फर्केको थियो ।

आज पुनः नेपाली सेनाकै हेलिकप्टरबाट गृहमन्त्रीसहितको टोली राहत लिएर ढोरपाटन पुगेको हो ।

बुधबार राति भुजीखोलामा आएको बाढीका कारण ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो धन’जनको क्ष’ति भएको छ । सबैभन्दा बढी वडा नं. ९ प्र’भावित छ । बाढीमा बेपत्ता भएका १४ जनाको श’व फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेटिएका श’वमध्ये चार जनाको मात्र सनाखत भएको छ । बाढीमा बे’पत्ता भएकाको सङ्ख्या अझै यकिन छैन । खोजी र उद्धार कार्य जारी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.