October 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोनाको तेस्रो लहर सुरू भएको संकेत, भरियो टेकु अस्पताल (भिडियो)

1 min read

पछिल्लो एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएका छन्।

संक्रमितका लागि वार्डमा छुट्याइएको ४० वटै बेड अहिले बिरामीले भरिएका छन्।

यस्तै २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ। जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोला बताउँछन्।

उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो। त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए।

अहिले ७० बढी संक्रमितको उपचार भइरहेको निर्देशक बास्तोलाले जनाए। उनले एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।

हेर्नुहोस भिडियो