October 28, 2021

Halkhabar kura

Entertainment Site

गोरा अमेरिकीहरू हामीलाई दास बनाएर राख्न चाहन्छन् – बलिउड अभिनेत्री कंगनाको आक्रोश

1 min read

बलिउड अभिनेत्री कंगना रनौतको ट्विटर अकाउन्ट सधैँका लागि बन्द भएको छ । आफ्नो नीति उलङ्घन गरेपछि ट्विरले कंगनाको अकाउन्ट सधैँका लागि बन्द गरिदिएको हो ।

ट्विटरको यो कदमलाई लिएर अभिनेत्री कंगनाले अमेरिकाप्रति आक्रोश पोखेकी छन् । “ट्विटरले मेरो कुरा साबित गरिदिएको छ । गोरा अमेरिकीहरूले हामीजस्ता खैरो वर्णकाहरूलाई दास बनाउन खोज्छन् । हामी बोल्ने र सोच्ने हरेक कुरामा उनीहरू कन्ट्रोल चाहन्छन् । मसँग मेरो कुराहरू पोख्ने धेरै माध्यमहरू छन्, जसमध्ये मेरो सिनेमा क्षेत्र पनि एक हो,” उनले भनेकी छन् ।

कंगनाकाअनुसार उनले बंगालमा राष्ट्रपति शासनको माग गरेपछि ट्विटरले यो कदम चालेको हो । अकाउन्ट निलम्बन भएपनि बंगालको हिंसाबाट ध्यान नहटाई सरकारलाई हिंसा रोक्न दबाब कायमै राख्न कंगनाले सबैलाई आग्रह गरेकी छिन् ।

बंगाल चुनावमा भारतीय जनता पार्टी (भाजपा) को हारपछि कंगनाले लगातार ट्विटरमार्फत आफ्नो भनाइ राखिरहेकी थिइन ।

ट्विटरले कदम चाल्नुअघि प्रयोगकर्ताहरूले कंगनाको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका थिए । धेरैले उनको ट्विटको रिपोर्ट गरेका थिए । फलस्वरुप उनको ट्विटर सधैँका लागि सस्पेन्ड भएको छ ।

बाह्रखरीबाट