October 19, 2021

Halkhabar kura

Entertainment Site

यो विपत्तिमा जे परे पनि यो नम्बरमा खबर गर्नुहोस् , तपाईहरुको साथमा हामी पनि छौ – रबि

1 min read

अभिनेता पल शाहले कोरोनाको बिरामीलाई चाहिने अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।

अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २-३ दिनभित्रै सहयोग गरिने शाहले बताए।

केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताउ। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।

यसै गरि कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा आम नागरिकलाई कसरी सघाउन रबि लामिछानेले आज बाट अभियान शुरु गरेका छन ।

आफ्नो फेसबुकमा त्यो घोषणा बारे एक पोस्ट गर्दै ग्यालेक्सीटिभीको टिम यो अभियानको लागि खट्ने बताएका छन ।

यस्तो छ रविले गरेको फेसबुक पोस्ट

आजबाट हामी तपाईंलाई सघाउन प्रतिवद्द भएका छौं। अस्पताल, चिकित्सक,अक्सिजन,एम्बुलेन्स, यातायात, खाना, परामर्शलगायतका सेवाको समन्वय गरि सहि सूचना दिन हामी बिहान ७ बजेदेखि बिहान २ बजेसम्म हेल्प डेस्क संचालन गर्दैछौं। यो विपत्तिमा जे परे पनि खबर गर्नुहोस् , हामी पनि छौ।