January 21, 2022

Halkhabar kura

Entertainment Site

हालसम्म नेपालमा १२ सय ७७ जनामा कोरोना परीक्षण, देशभर १२० जना आइसोलेनमा

1 min read

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आज सम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२ सय ७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ । देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना परीक्षण भएको छ । यस्तै कोरोना नमुना संकलनको दायरालाई फराकिलो बनाँउँदै धरान, पोखरा, हेटौडा, जनकपुर , सुर्खेत र धनगढीमा परीक्षण थालिएको छ ।

जसअनुसार धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ भने बुटवलमा जडान भइरहेको छ । मन्त्रालयका अनुसार देशभर १२० जना आइसोलेसनमा रहेका छन् । जसमा उपत्यका १५ जना र उपत्यकाबाहिर १०५ जना रहेको देवकोटाले जानकारी दिए ।

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका ९६ जना तथा कैलाली र कञ्चनपुरका विभिन्न स्थानको क्वारेन्टाइमा रहेका ९२ जनाको नमुना संकलन गरेर परीक्षण थालिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागलुङमा भेटिएकी छैटौं कोरोना संक्रमित महिलाले भेटेका व्यक्तिहरुको खोजी तीब्र पारिएको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले आज सम्म राष्ट्रिय जनसंख्या प्रयोगशालामा १२ सय ७७ जनाको नमुना परीक्षण सम्पन्न भएको जनाएको छ । ती परीक्षण गर्दा ६ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमित २ जनाको टेकुमा, २ जनाको बागलुङमा र अर्का एक जनाको धनगढीमा उपचार भइरहेको छ । देवकोटाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा भएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमणको पुष्टि नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार हालसम्म पोखरामा १९ जनाको नमुना परीक्षण भएको छ । यस्तै कोरोना नमुना संकलनको दायरालाई फराकिलो बनाँउँदै धरान, पोखरा, हेटौडा, जनकपुर , सुर्खेत र धनगढीमा परीक्षण थालिएको छ ।

जसअनुसार धरानमा ३९, जनकपुरमा ५, हेटौडामा ५, पोखरामा १९, सुर्खेतमा ७ र धनगढीमा ४ वटा परीक्षण भएको छ भने बुटवलमा जडान भइरहेको छ । मन्त्रालयका अनुसार देशभर १२० जना आइसोलेसनमा रहेका छन् । जसमा उपत्यका १५ जना र उपत्यकाबाहिर १०५ जना रहेको देवकोटाले जानकारी दिए ।

भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका ९६ जना तथा कैलाली र कञ्चनपुरका विभिन्न स्थानको क्वारेन्टाइमा रहेका ९२ जनाको नमुना संकलन गरेर परीक्षण थालिएको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागलुङमा भेटिएकी छैटौं कोरोना संक्रमित महिलाले भेटेका व्यक्तिहरुको खोजी तीब्र पारिएको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.