January 24, 2022

Halkhabar kura

Entertainment Site

कर्णाली प्रदेश: जिप दुर्घटनामा तीनजनाको मृत्यु

1 min read

सुर्खेत । सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपाचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटो मृत्यु भएको हो। दुर्घटनामा परी चारजना घाइते भएका छन्।

घटना स्थलमा पुगेका ट्राफिक प्रहरी हवल्दार कुवेर केसीका अनुसार घाइतेहरुलाई उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर पठाइएको छ। मृतकमध्ये दुई पुरुष र एकजना महिला रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन। घाइतहरुको पनि नाम थाहा हुन सकेको छैन।

यो पनि पढ्नुस, विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १ क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए। घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन्।

दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। महोत्तरीको अति व्यस्त रहने महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर ३० एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना१क ५८२६ नंको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो।

सो सडकको महोत्तरीमा पर्ने पिपरा गाउँपालिका–४ मा मङ्गलबार साँझ ६ बजेतिर भएको दुर्घटनालगत्तै यादवलाई उपचारका लागि जलेश्वर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.