November 29, 2021

Halkhabar kura

Entertainment Site

अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो

1 min read

एजेन्सी । अमेरिकामा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । दक्षिणी शहर न्यासभिल र आसपासका क्षेत्रमा आएको आँधीका कारण कयौं घरहरुमा क्षति पुगेको छ ।

आँधीमा परेर केही स्थानीय हराइरहेको सरकारी अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आँधीमा परेर मुत्यु हुनेहरुमा वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ ।

आँधीका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द भएको समाचारमा जनाइएको छ । आँधीका कारण सार्वजनिक यातायात, विद्यालय तथा सरकारी कार्यालयहरु समेत बन्द भएका छन् ।

आँधीका कारण पूर्वनिर्धारित मतदान कार्यक्रमसमेत स्थगित गरिएको समाचारमा जनाइएको छ । सन् २००८ मा आएको आँधीका कारण उक्त क्षेत्रमा ५५ जनाको मृत्यु भएको थियो ।

यसैबीच चुनावी अभियानमा रहनुभएका राष्ट्रपति डानाल्ड ट्रम्पले आँधीका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले चाँडै नै प्रभावित क्षेत्रको भ्रमण गर्ने आस्वासनसमेत दिनुभएको समाचारमा जनाइएको छ ।

अमेरिकाको टेनिसी राज्यमा टोर्नाडोका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईवटा टोर्नाडोका कारण ठूलो क्षति भएको हो ।

घर तथा भवनहरु भत्किएका छन् भने धेरै मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टेनिसीको सबैभन्दा ठूलो शहर नाशभिलमा टोर्नाडोले ठूलो क्षति गरेको छ । अझै पनि धेरै मानिस सम्पर्क बाहिर रहेको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन्।

नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढी क्षति भएको छ । मृत्यु हुने मध्ये १९ जना सोही काउन्टीका हुन् । उद्धार तथा राहतको काम भइरहेको जनाइएको छ । अहिले झण्डै ४४ हजार मानिस विद्युत सेवा बिना रहेका छन् ।

अमेरिकाको टेनिसी राज्यमा टोर्नाडोका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईवटा टोर्नाडोका कारण ठूलो क्षति भएको हो ।

घर तथा भवनहरु भत्किएका छन् भने धेरै मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टेनिसीको सबैभन्दा ठूलो शहर नाशभिलमा टोर्नाडोले ठूलो क्षति गरेको छ । अझै पनि धेरै मानिस सम्पर्क बाहिर रहेको जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेनिसीको भ्रमण गर्ने तयारी गरेका छन्।

नाशभिलबाट ८० माइल पूर्वमा रहेको पट्नम काउन्टीमा सबैभन्दा बढी क्षति भएको छ । मृत्यु हुने मध्ये १९ जना सोही काउन्टीका हुन् । उद्धार तथा राहतको काम भइरहेको जनाइएको छ । अहिले झण्डै ४४ हजार मानिस विद्युत सेवा बिना रहेका छन्

Leave a Reply

Your email address will not be published.