October 28, 2021

Halkhabar kura

Entertainment Site

‘राजा रहने कुराले कुनै आपत्ति हुने छैन’ भन्ने मदनको भाषण मन्त्री श्रेष्ठले शेयर गरेपछि (भिडियो)

1 min read

मन्त्री कृष्णगोपाल श्रेष्ठले स्व. मदन भण्डारीको एक अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

२५ सेकेन्डको अडियोमा भण्डारीले ‘मैले के भनेको थिएँ भने राजा रहने परम्परालाई कायम राखेर पनि जनता र प्रजातन्त्रलाई सर्वशक्तिमान बनाउने कुरालाई ग्यारेन्टी गरिन्छ भने यो ठूलो आपत्तिको कुरा हुने छैन, किन ठूलो आपत्तिकको कुरा हुने छैन भने कुनै पनि मुलुकमा राष्ट्रपति चाहिन्छ’ भनेको सुनिन्छ ।

काठमाडौं, चाबहिलमा आयोजित सभामा स्व. भण्डारीले गरेको भाषणमा राजतन्त्र एक नम्बर शत्रु भएको बताएका थिए ।

नेकपा ओली समूहले नारायणहिटी दरबार अगाडि माघ २३ गते आयोजना गरेको सभाको प्रचार सामग्रीमा प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीको तस्वीरसहित यो अडियो राखेका हुन् ।

यसअघि खानेपानी मन्त्री मणि थापाले वर्तमान सरकारलाई सार्वजनिक रुपमै ‘श्री ५ सरकार’ भनेको विषय विवादमा आएको थियो ।

मन्त्रि श्रेष्ठ ओलीका सधैंका बफादार हुन् । ओली अध्यक्ष भएपछि उनले तत्कालीन एमालेको कार्यालय सचिवका रूपमा काम गरे । उनी लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा रहेका थिए ।