October 17, 2021

Halkhabar kura

Entertainment Site

आज नायिका करिश्माको ४९ औँ जन्मदिन, सदाबहार सुन्दरताको रहस्य खोल्दै यसो भन्छिन् करिश्मा

1 min read

सदाबहार नायिका करिश्मा मानन्धरले बिहीबारदेखि ४९ औँ वर्षमा टेकेकी छन्। २०४२ सालमा सन्तान चलचित्रबाट करियर सुरु गरेकी मानन्धर तीन दशक भन्दा लामो समयसम्म यही क्षेत्रमा सक्रिय छिन्। उनको सुन्दरताको प्रशंसा अहिले पनि उत्तिकै हुने गरेको छ।

तर जन्मदिनमा आफूमा उत्साह नभएको उनले बताएकी छन्। देशसञ्चारसँगको कुराकानीमा उनले भनिन्, ‘बन्द छ, छोरी बुढालिनकण्ठमा छ। भेट्न पाएको छैन। मलाई केही खुशी लागेको छैन।’

केही दिन अगाडि छोरीको जन्मदिनमा पनि आफ्नो परीक्षा भएकोले केही गर्न नपाएको उनले बताइन्।

पछिल्लो समय भएका राजनीतिक घटनाक्रमले नैराश्यता ल्याएकोले आफूमा जाँगर मरेको उनले बताएकी छन्। उनले कोरोनाको प्रकोप सुरु हुने समयमा भएको होली लगायत अरु भेटघाटको कार्यक्रमहरु स्थगीत गरेकी थिइन्। अवस्था सामन्य बन्दै थियो। केही गीतमा उनले अभिनय गर्न थालेकी थिएन्। केही नयाँ व्यवसाय उद्घाटन भइरहेका थिए। उनले अब पहिलाको अवस्था आउने क्रममा रहेको देशमा फेरी हुलदंगा, बन्द हुँदा मन नरमाइलो हुने बताइन्।

‘पाँच मिनेटको बाटोमा डेढ घण्टा लाग्छ। भोलि अर्कै आन्दोलन छ। सुरक्षाकर्मी बाटोभरि खटिन्छन्। झडप हुन्छ अनि नोक्सान जनताको हुन्छ।’ उनी भन्छिन्, ‘जो जुलुसमा आउँछन्, उनीहरु बुझेर गएका हो जस्तो पनि लाग्दैन।’

काम ठप्प भएको छ, वातावरण दिक्दारी छ। उनले भनिन्, ‘जन्मदिन मनाउने उत्साह छैन।’ उनकी छोरी कविता मानन्धरलाई बिनोदले बाटोमा खतरा भएकोले गोदावरी नआउन भनेका छन्।

चलचित्रमा अभिनयगरेर ख्याती कमाएकी यी नायिकाले चलचित्र निर्माणमा पनि हात हालेकी छन्। केही दिन अगाडि मात्र उनले छोरी कविता मानन्धर र सरोज खनालको मुख्य अभिनय रहने गरी चलचित्र ‘वनबास’ बनाउने घोषणा गरेकी छन्।

नायिकाले ४० वर्ष लागेपछि विद्यालयमा गएर अध्ययन गरी एसईई उत्तिर्ण गरेकी छन्। हाल प्लस टू अध्यनन गरीरहेकी नायिकाले विभिन्न सामाजिक र राजनीतिक विषयवस्तुमा आफ्नो विचार राख्दै आएकी छन्।

-देशसंचारबाट