January 24, 2022

Halkhabar kura

Entertainment Site

‘आउन मायालु’ भन्दै आए गायक अमृत रामदाम (भिडियोसहित)

1 min read

काठमाडौं । म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली ‘आउन मायालु’ सार्वजनिक भएको छ । यस गीतमा चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुन्दर हमालको संगीत रहेको छ ।

गायक अमृत रामदामले सांगीतीक क्षेत्रलाई निरन्तरता दिने सोच भएको र अहिलेको नयाँ गीत ‘आउन मायालु’ लाई दर्शक श्रोताहरुले माया गरिदिनुहुने छ भन्ने आशा गरेको कुरा ब्यक्त गरेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राजेश घिमिरे र पशुपति बस्यालको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मुख्य अभिनयको रुपमा लोमस शर्मा र जुना गुरुङ रहेका छन् भने बेहुला बेहुलीको रुपमा रमेश सुनार र मञ्जु सुनारको अभिनय रहेको छ ।

सो मौलिक पञ्चेबाजा गीत ‘आउन मायालु’ गायक अमृत रामदामकै जन्म स्थान म्याग्दी जिल्लाको पुलाचौरमा गएर छायांकन गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published.