January 24, 2022

Halkhabar kura

Entertainment Site

ब्रोइलर कुखुराको मासु केजीको चार सय ४० पुग्यो, मासुको अभाव

1 min read

काठमाडौं । कुखुरामा आत्मनिर्भर भनिएको लमजुङमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको छ । चल्ला बिक्री नभएको भन्दै ह्याचरी व्यवसायीले एक महिना अघि चल्ला न-ष्ट- गरेपछि जिल्लामा हाल मासु खान योग्य कुखुरा अभाव भएको हो ।

ब्रोइलर कुखुरा अभाव हुन थालेपछि सदरमुकाम बेंसीसहर बाहिरका मासु पसलहरु बन्द हुन थालेका छन् । कतिपय पसलहरुले गिरीराज र अण्डा पार्ने लेयर्स कुखुरा का-टे-र- मासु बिक्री गर्न थालेका छन् ।

ग्रामिण भेगमा ब्रोईलर कुखुरा नपाएपछि उपभोक्ताहरु सदरमुकाम आएर मासु लाने गरेका छन् । बोइलर कुखुरा अभाव भएसँगै मासुको मुल्यपनि आकासिएको छ ।

सदरमुकाम बेसीशहरमा प्रतिकेजी चारसय ४० रुपैयाँसम्म पु¥याइएको छ । चिसोमा कुखुरा उत्पादन कम हुने र ह्याचरी व्यवसायीले पुसमा १० दिनसम्म चल्ला उत्पादन नगरेका कारण अहिले मासुको अभाव भएको भेटनरी अस्पताल एवं पशु विज्ञ सेवा केन्द्रले जनाएको छ ।

सदरमुकाम बेंसीसहरमा मात्र दैनिक तीन हजार केजी बोइलर कुखुराको मासु आवश्यक पर्छ । तर कुखुरा अभाव हुँदा बजारमा मासु अभाव भएको छ ।

चिसो मौसममा कुखुरा उत्पादन कम हुने भएकाले यतिबेला बजारमा मासु अभाव हुन थालेको व्यवसायीहरु बताउँछन् । खसीबोकाको तुलनामा बोइलरले उचित मुल्य पाउन नसकेको भन्दै कतिपय किसानहरु यो ब्यवसायबाट अलग हुन थालेका छन्

। दाना चल्लाको मुल्य बढीरहने तर, कुखुराको मुल्य नबढेका कारण उत्पादनमा कमी आउन थालेको छ ।

यस्तै  सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ ।

काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू. २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू. २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू. ५५० पुगेको छ ।

पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ ।

गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ ।

आयात यसैगरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने श्रेष्ठ बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट रू. ५४ करोड ५२ लाख बराबरको  ५०७८ टन लसुन आयात भएको छ ।

Leave a Reply

Your email address will not be published.