November 29, 2021

Halkhabar kura

Entertainment Site

वैदेशिक रोजगारीमा गएका ४ हजार १५३ नेपालीको मृ’त्यु !

1 min read

मुना कुँवर- हरेक दिन २ अर्ब रेमिट्यान्ससँगै दुईभन्दा बढी शव भित्रन्छ : ५ वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा या’तना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृ’त्यु-दण्ड-को स-जाय सुनाइएको छ, २५ कामदार विदेशकै अस्पतालको को’मामा मृत्यु-सँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तो छैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन्

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू शव बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको शव मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।

५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्युहुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।

त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यानगुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।

पाँच वर्षको अवधिमा यी ८ मुलकमा ४ हजार ९ जना कामदारले ज्यान गुमाएमा छन् । ती मुलुकबाट सरकारले २१ खर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्यारएको छ ।

५ सय ४५ जना जेलमा २५ जनालाई मृ-त्युद-ण्डको सजाय –वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ जना विदेशी जे’लमा छन् । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जेलमा रहेकामध्ये १९ जनालाई मृ-त्युद-ण्डको सजाय सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृ-त्युद-ण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृ’त्युद’ण्ड सजाय तोकिएको छ ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ । त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइएको छ । त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजाय दिइएको छ । ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय तोकिएको छ । २ सय ९३ जना कामदार फैसलाको पर्खाइमा छन्  ।

सबैभन्दा बढी मलेसियाको जेलमा- विदेशी जेलमा रहेका कामदारमध्ये सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा २ सय ५ जना छन् । युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबकै रियादमा २३, बहराइनमा ५ र ओमानको जेलमा ३ जना कामदार छन् ।

वैदेशिक रोजगारीमा गएकामध्ये २४ जना कामदार विभिन्न मुलुकमा कोमामा नै छन् । जसमध्ये ३ जना महिला छन् । बोर्डको तथ्यांकअनुसार कुवेत, युएई, ओमन, साउदी अरब, कतार, बहराइन र जापानमा कामदार अचेत अवस्थामा छन् । तथ्यांकअनुसार कतारमा सबैभन्दा बढी ९ जना कोमामा छन् । साउदी अरब रियाद र बहराइनमा ४–४ जना कोमामा छन् । कुवेतमा ३, युएई, ओमान, साउदी अरब जेद्दा र जापानमा १–१ जना कोमामा छन् । कोमामा रहेकामध्ये १८ जना पूर्णरूपमा अचेत अवस्थामा छन् । २ जना अर्धचेतन अवस्थामा छन् । ४ जनाको अवस्था सुधार हुँदै गएको छ ।

३ सय ८८ कामदार हराए विदेशमै- वैदेशिक रोजगारीका लागि दैनिक करिब १ हजार ५ सय नेपाली बिदेसिन्छन् । तर, कति कामदार बेपत्ता भए भन्ने यकिन तथ्यांक कतै पनि छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग पनि यस्तो तथ्यांक छैन । प्रवासी नेपाली समन्वय समितिमा बेपत्ता भएका कामदारको खोजी गरिदिन भनेर ३ सय ८८ वटा निवेदन परेको छ । त्यही आधारमा ३ सय ८८ नेपाली कामदार हराइरहेको भन्न सकिन्छ । तीमध्ये ७५ महिला छन् । समितिको तथ्यांकअनुसार मलेसियामा २ सयजना कामदार हराएका छन् । साउदीमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य मुलुकमा ३० जना कामदार हराएका छन् ।

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मी भन्छन्–विदेशमा मृत्यु हुनु सामान्य हो, हामी रोक्न सक्दैनौँ
वैदेशिक रोजगारीमा जानेको तुलनामा मृत्यु’को संख्या असाध्यै कम हो । विदेशमा दुर्घटना हुनु र मृत्य हुनु सामान्य हो, त्यसलाई हामी रोक्न सक्दैनौँ । तैपनि नेपाली कामदारको के कारणले मृत्युभइरहेको छ भन्ने विषयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अध्ययन गर्दै छ । कामदार जोखिममा पर्ने कारण पत्ता लगाएर समस्या समाधान गर्ने कोसिसमा छौँ ।

नयाँपत्रिकाबाट साभार

Leave a Reply

Your email address will not be published.