November 29, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौंमै मापदण्ड विपरीत बालगृह, ८० बालबालिकाको उद्धार

1 min read

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए । परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौं र सौडोल महिला समाज काठमाडौंबाट ती बालबालिकाको उद्धार गरेको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा ९ बालगृहबाट १४७ बालबालिकाको उद्धार गरिएको थियो । विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचारको अन्तिम उपाय सुनिश्चित गरिनुपर्ने, बालगृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने र बालबालिकालाई बालगृहमा भर्ना गर्ने बित्तिकै आवास, पोशाक र भोजनको व्यवस्था गर्नुपर्ने लगायतका मापदण्ड राखिएको छ ।

विसं २०७६ असार मसान्तसम्ममा ४६ जिल्लामा ५३३ बालगृह छन । ती बालगृहमा १५ हजार ५६५ बालबालिका संरक्षित छन् । अनाथ बालबालिकाको संरक्षणका लागि स्थापना गरिएका अधिकांश आवासीय बालगृह तथा संस्था धार्मिक प्रभावबाट प्रेरित रहेको पाइएको छ । परिषद्का अनुसार २७ जिल्लाका १४७ धार्मिक सङ्घसंस्थामा छ हजार ६८६ (पाँच हजार २३४ बालक र एक हजार ४५२ बालिका) बालबालिका आवासीय छन् ।

४५ जिल्लाबाट प्राप्त तथ्याङ्कअनुसार झापा, प्यूठान, पाँचथर, धादिङ, दैलेख, ओखलढुङ्गा, कञ्चनपुर, भोजपुर, मुगु, स्याङ्जा, भक्तपुर, इलाम, मकवानपुर, हुम्ला र काठमाडौँलगायतका २७ जिल्लाका धार्मिक सङ्घसंस्थामा बालबालिका आवासीय छन् ।

Leave a Reply

Your email address will not be published.