October 17, 2021

Halkhabar kura

Entertainment Site

परपुरुष संग लागेको भन्दै महिलालाई गाउँले कालो मोसो र जुत्ता भिराएर गाऊ घुमाए

1 min read

हुम्लामा महिलालाई प’रपुरुषसँग लागेको भन्दै एक महिलामाथि जे गरियो त्यसले सबैलाई है’रान बनाएको छ । प’रपुरुषसँग प्रेम–सम्बन्ध राखेको आ’रोपमा हुम्लामा एक महिलालाई भिडले का’नुन हातमा लिएर मल मु’त्र खु’वाएको खुल्न आएको छ ।

सिमकोट गाउँपालिका निवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ पनि घुमाइएको बताइएको छ । प’रपुरुषसँग प्रेम राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका हुन् ।

उनीसँग स’म्बन्धमा भएका भनिएका पुरुषलाई सोधपुछ पनि नगरी महिलालाई अ’मानविय व्यवहार गरिएको हो । शुक्रबार बिहान ८ बजेदेखि यो अ’त्यन्तै ग’लत कार्य भएको उनले बताएकी छिन् । गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेको बताइएको छ । गाउँले सबै आएर आप्नो ज्यानभन्दा पनि आफ्नैअघि रोइरहेका दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेको उनले जानकारी दिएकी छिन् ।

उनले छोराछोरी चिच्याइचिच्याई रोइरहेका बेला आफु त्यसरी गलत व्यवहार गरिएको उनले बताइन् । श्रीमान सहित आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको छ । घ’टना छानबिन गरी कारबाही हुने जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.