October 19, 2021

Halkhabar kura

Entertainment Site

जब डा. केसीकी आमाले छोरो अनशन बसेको टिभीबाट थाहा पाइन…!

1 min read

काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् । टिभीले भन्दै थियो ‘गोविन्द त फेरि अनशन बसिपो सकेछ तिमीहरूले भनेनौ है मलाई’ ? अनशनत डा. गोविन्द केसीकी ८५ वर्षिया आमा मित्र कुमारी केसीको भनाईलाई उदृत गर्दै केसी अभियानको अभियानकर्मी संजीव कार्कीले भने ।

शुक्रवार (हिजो) रातीको ८ बजेको थियो । घरको कोठामा बिस्तारमा आराम गरिरहेकी आमाले डा. केसीको १९ औं अनशन टिभीबाट थाहा पाईन् र भनिन् ‘विचरा कति भोक तिर्खा लाग्दो हो, अब बसि त गो ईश्वरले रक्षा गरून्’ ।

क्यान्सर पीडित आमाको स्वास्थ्य र उमेरका कारण परिवारले जानकारी गराउन नचाहेको भएपनि कान्छो छोरो सुरेश केसीसंगै बस्दै आएकी उनले टिभी हेरेर अनशनबारे अन्ततः थाहा पाएकी हुन् ।

छोरो विगत ६ महिनादेखि जुम्लामै विरामीको उपचारमा लागिपरेको छ भन्ने लागेको आमालाई अनसनको बारेमा थाहा भएपछि पिर र चिन्ताले सताएको छ ।
डा. केसी घरबाट निस्कदा पनि गए ल भनेर खासै पुरा जानकारी नदिएर निस्कने र त्यसरीनै फर्किने भएरपनि आमालाई छोरो जुम्लामै छ भन्नेमा ढुक्क थियो ।

केसी काठमाडौं आमासंग घरमा भन्दा बढि बाहिरै बस्ने भएकाले पनि सोधीखोजी नगरेकि हुन् । तर शुक्रवार अचानक टिभि हेरेर थाहा पाउदा आमाको मन थिरमा छैन । केसीलाई यतिबेला फोनमा बोल्न गाह्रो हुन्छ भन्ने जानकारी भएकी आमाले फोनमा बोल्नभने खोजेकी छैनन् तर एउटै पिरलो छ ‘भोक, तिर्खा लाग्यो होला, कति कष्ट भयो होला, कस्तो अवस्था भयो होला’ ? ।

आमा बाहेक उनका परिवार सबै दिनहुजसो भेट गर्न, स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिरहन्छन् । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा. केसीले जुम्लाबाट १९ औं अनशन शुरु गरेका हुन् । गत भदौं २९ गते सोमबार दिउँसो २ बजेदेखि चन्दननाथ नगरपालिका ६ को रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९ अनशन शुरु गरेका हुन् ।

जुम्लामा अनशनको छैठों दिनको मध्य रातमा प्रहरीले हा-त-पा-त गरेर केसीलाई ज-ब-र्ज-स्ती- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको हो । त्यहाँ उपचार गर्न नमाने पछि विगतमा भएको जुम्लाको ध-र-प-क-ड अस्पताल भित्र लाठिचार्ज र गो-ली- प्र-हा-र गरेर केसीलाई ब-ल-ज-फ्ती काठमाडौं सरकारले ल्याएको ती-तो- नदोहोरियोस भनेर केसी असोज ६ गते आफैं काठमाडौं आएका हुन ।

तर काठमाडौं आउने बित्तिकै सरकारले अ-प-रा-धी समाए झैं केसीको कठालो समातेर घो-क्र्या-उ-दै ट्रमा लग्यो तर केसी त्यहाँ बस्न मानेनन् र अन्तमा उनी आफूले २६ वर्ष सेवा गरेको त्रिवि शिक्षण अस्पताल पुगे र अहिले त्यहाँको कोठा नं. ५०१ मा अनशनरत छन् । दुई पटक प्रहरी ध-र-प-क-ड-को कारण केसी शिथिल छन् ।

केसीले पहिलो अनशनदेखि नै उठाएका माग अहिले पनि छन् । उनले अनशन बस्न थालेको आठ वर्ष बित्यो तर सम्झौता कार्यान्वन भएको छैन ।
यो पटक पनि मुख्य माग पुरानै छन् भने कोरोना र अछामको बयलपाटा अस्पताललाई नियमित र निःशुल्क सेवा सुनिश्चत गर्नुपर्ने माग यस पटक थप गरेका छन् ।

Leave a Reply

Your email address will not be published.