October 28, 2021

Halkhabar kura

Entertainment Site

कहिलेसम्म भारतीय दादागिरिको शिकार हुनु पर्ने हो नेपाली ?

1 min read

-मेघराज भट्टराई

ठाक्कै तिथी मिती याद भएन सप्तरीको तिलाठिमा भारतीय सुरक्षा बल द्वारा नेपाली नागरिक माथि दमन गरियो। २०७३साल साउन १४ गतेको खबर अनुसार देवनारायण यादव सहित १०जना घाइते भएका थिए।

उनै देवनारायण यादव सहित उनका छोरालाई समेत साँग्लोले बाधेर भारतको बिहार राज्य अन्तरगतको कुनै अदालतमा मुद्दा चलाइयो। केही समय पहिले कंचनपुर जिल्ला पुनर्वासका गोबिन्द गौतम माथि मार्च १० तारिक २०१७मा गोली हानी हत्या गरियो। ३१जुलाई २०२१ मा जय सिंह धामी महाकाली नदी पार गर्दै गरेको तुइन भारतीय सिमा सुरक्षा बलका सिपाहीले काटेर महाकाली नदिमा खसाल्यो।

यो र यस्ता घटना केही नमुना मात्र हुन। यहाँ हरेक दिन हरेक घण्टा भारतीय सिमा सुरक्षा बलका जवानहरु नेपाल भित्रिन्छन। मन चाहे गर्छन् जे मन्लाग्यो तेही आरोप लगाउछन। सोझा सिधा नेपालीलाई झुठा भुद्दा लगाउने छोरी चेली बलात्कार गर्ने खसी बोला सुन लुट्ने जस्ता काम दैनिक हाम्रा सिमानामा हुँदै आएका छन। यो काम २०४६साल पछी अत्याधिक भएको छ।

यो हाम्रो आफ्नै भोगाइ पनि हो। आज सम्म जत्ती पनि घटना घटे नेपाली पक्षले न्याय पाएको ईतिहास छैन। आज सम्म जय सिंह धामीको लास भेटिएको छैन। नेपाल सरकार कुनै पनि मुद्दामा अग्रसर्ता देखाएर आफ्नो जमिन आफ्ना नागरिकको ज्युज्यानको रक्षाको लागि बोलेको संघर्श गरेको कुनै प्रमाण छैन। हामीले गाली गरेर नथाक्ने पंच्यायती कालरात्रीमा यस्ता घटना बिरलै हुने गर्थे।

खास गरी भारतीय पक्ष बाट जमिन कब्जा गर्ने हिम्मत भारतीय सुरक्षा बल सँग हुँदैनथ्यो। हामी भारत जादा आउँदा सीमानामा आजको जस्तो दु:ख हुँदैन्थ्यो। जब भारतले नाकाबन्दी लगायो ४५सालमा त्यो बेला देखी हामी भारतीय दास हुँदै यहाँ सम्म आएका छौ। हाम्रा भुभाग भारतीय कब्जामा पर्दै गएका छन। भौगोलिक रुपमा सीमाना खुम्चेका छन।

२०३२,३३ साल सम्म कालापानि लिपुलेक लिम्पियाधुरामा मालपोत बुझ्ने कर उठाउने नागरिकता बनाउने काम हुन्थ्यो। तेस पछी यहाँको कर्मचारीतन्त्र यत्ती लाचार भयो कि बिकट ठाउँ सम्म जानै छोड्यो। जसको परीणाम हाम्रा भुभाग भारतको कब्जामा पर्दै गये। यो पुर्वाको मानेभन्ज्याङ देखी पक्षिमको दार्चुला सम्मको घटना हो।

यसको पछाडिको कारण के होला?

यसको पछाडिको कारण अध्ययन गर्दै जाने हो भने एउटा कुरा प्रस्ट देखिन्छ। त्यो नेपालमा राजनीतिक अस्थिर्ता उत्पन्न गराउने यसैको आडमा नेपाल भित्र माइक्रो मेनेजमेन्ट गर्ने। २०२८साल पछी नेपालमा तत्कालिन झापा बिद्रोह शुरु भयो।

देश भित्र यो बिबाद समाधान गराउन दरवार भित्र र दरवार बाहिरका कुटनितिग्य कर्मचारी प्रधानमन्त्री मन्त्री राजा सेना सबैको ध्यान यता भये कै बेला यहाँ निकासको लागि जनमत सङ्रह गराउने तिर राज्य लाग्यो। ठीक यही मौका छोपेर सुर्य बहादुर थापाको नेत्रित्वमा तराइमा बसोबास गर्ने भारतीय नागरिक लाई माताधिकारको ब्यबस्था गरियो। यसैको आधारमा नागरिकता पनि पाये।

ठीक यही बेला लिम्पियाधुरा लिपुलेक कब्जा भयो। यो बेला सम्म भारतले नेपाली कर्मचारी तंत्रमा आफ्ना मान्छे घुसाइ सकेको थियो। आजको जस्तो ब्यापक त थिएन तर यहाँका गोप्य सुचना भारत सम्म पुर्याउने उच्चओहोदाका कर्मचारी भारतको लागि काम गर्न शुरु गरेकै कारण ४५सालमा नाकाबन्दी लगाउन भारत सफल भयो। १५महिने यो नाकाबन्दीमा नेपाल सरकार भारत सामु झुकेन। मरिचामान सिंह श्रेष्ठले नागरिकको लागि चाहिने नुन तेल बिदेश बाट मगाएर राष्ट्र चलाये तर भारतीय सामान नेपाल आएन।

यत्ती हुँदा पनि नेपाली नागरिक भारतीय सेनामा काम गर्दै थिए। नेपाली जनतालाई नाकाबन्दी लगाउने भारत सँग मिलेर नाकाबन्दी थपकडा बनाउन अपिल गर्ने काङ्रेस मालेहरु कै कारण जनताले दु:ख पाये। ठीक यही बेला २०४६सालको शुरुवात मै बहुदलिय ब्यबस्थाको लागि आन्दोलन शुरु भयो। भारतले नाकाबन्दी लगाएको बेला सिंगो देश एक भएर भारतीया बिस्तारवादको बिरुद्दामा संघर्श गर्नु पर्ने बेला यहाँका कथित जनताका हिमायाती हौ भन्ने ले नै नाकाबन्दी लगाउन अनुरोध गर्नु लाई कसरी बुझ्ने?

बिरेन्द्रले भारत सँग झुक्नु भन्दा नेपाली नागरिक सँग झुक्छु भनेर बहुदलिय ब्यबस्थाको लागि स्विकार गर्दा बित्तिकै नाकाबन्दी पनि खुल्यो। यहाँ बाट शुरु भयो भारतीय दादादिरीको उग्ररुप। २०४७सालमा संबिधान बन्यो यसैको आधारमा ४८सालमा संसदिय निर्वाचन भयो नेपाली कङ्रेसको सरकार बन्यो गिरिजा प्रशाद कोइराला प्रधानमन्त्री बने। यहाँ बाट नेपालको पतनको अवस्था आयो।

भारतलाई खुशी पार्न यहाँका उध्योग निजिकरण को नाममा भारतीय माडेहरुलाई बेचियो। २०४९साल देखी ५१साल सम्म सम्पूर्ण उध्योग बन्द गरियो। बिकास निर्माणका काम ठप्प भये। नेपाली नागरिक लाई बेरोजगार बनाएर हरेक सरकारी संस्था भित्र राजनीतिकरण गरियो। राजनीतिको पहुचको आधारमा अपराधीलाई मुक्त गर्ने फरक बिचार बोकेका राजनीतिक पार्टीका नेता कार्यकर्ता माथि झुठा मुद्दा लगाउने अपहरण गर्ने जेल हाल्ने गोली हान्ने दु:ख दिने कामको शुरु भयो।

यो नै तत्कालिन माओवादी आन्दोलनको लागि गृहयुद्दको बलियो बातावरण बन्यो। बदलाको भावनाले अन्याय अत्याचारको सिमा नाघे पछी शुरु भयो खुनी युद्द। यो आन्दोलन जनताको लागि मुक्ती आन्दोलन थियो। तर नेत्रित्वले जनता सँग धोका गरेको थियो। प्रचन्ड बाबुराम हरु भारत बाट संचालित थिए।

तत्कालिन माओवादी आन्दोलन लाई हाम्रो समर्थन सहयोग थियो भनेर एस डि मुनी प्रवण मुखर्जी पुर्व राष्ट्रपती देखी स्वामी अग्निबेश सम्म धेरै ब्यक्ती जो भारतीय सत्ताका नजिक बसेका ब्यक्ती बाट बाहिरिएको छ। तेस पछी भारतको नयाँ दिल्लीमा भएको १२बुदे सम्झौता सप्रमाण हामी सँग छ कि प्रचन्ड बाबुराम भारत बाट नै पाली पोसित ब्यक्ती हुन उनिहरुले नेपालमा उधुम मच्याउने खेल खेले भन्न् हामी वाध्य हुंछौ।

जनता तल्लो स्तरको कार्यकर्ता नेता सम्म इमान्दार भएर जनयुद्दमा लागेका थिए। तर मुल नेता प्रचन्डपथ भारतीय डिजाइनमा आएको थियो। १२बुदे पछी नारायणहिटिको अधिकार दिल्ली पुग्यो। ७२सालको भुकम्प पछी भारतले लगाएको नाकाबन्दीलाई कङ्रेसले नाकाबन्दी भन्न सकेन। आफ्ना नागरिक आफ्नो सीमा जोगाउन आवाज उठाउन सकेनन। यसको पछीको कारण भारत बाट पोलित पालित नेता हुनु को प्रमुख कारण हो। तेसैले आज हामीले उध्योगहरु गुमायौ। बेरोजगार भएर बिदेशिन वाध्य भयौ।

आज नेपाली उधमी कोही पनि नेपालमा उध्योग गर्न तयार छैनन कारण के होला कहिलै कसैले सोचेको छ? आज हामीले अफ्गानिस्तानको घटनालाई हेरे पुग्छ। त्यहाँको राष्ट्रपतीले बिदेशी नागरिकता लिएको भेटियो सरकार प्रमुख सेना प्रमुख प्रहरी प्रमुख सबै भागे। किन भागे होलान? सोचेका छौ? बिदेशिको पैसामा बिकेका देश भित्र भ्रस्टचार गरेर बिदेशी बैंकमा पैसा जम्मा गरेका देशद्रोही नेतालाई देशको माया छैन हुँदैन।

भोली यिनको बस्ने खाने मोज गर्ने सात पुस्ता पुर्याउने काम गरी सके अब यहाँ MCC आवस कि अरु कुनै आवस के मतलब मर्ने मारिने सोझा सिधा नेपाली हुन। तेसैले यिनिहरु अब MCC पास गराउन मरिहत्ते गरी रहेका छन। कुनै पनि पार्टीको विश्वाश गर्ने ठाउँ छैन नेता एकथोक बोल्छ अर्को थोक गर्छ। हामी नेपाली लाई गणतन्त्र लोकतन्त्र प्रजातन्त्र जे चाहिये पनि आँफैले ल्याएको भये हामीलाई यसको माया हुन्थ्यो यही ब्यबस्था बाट हामीले देशको उन्नती प्रगती गर्थ्यौ।

तर यो बिदेशिले थोपरी दिएको संघियता धर्मनिरिपेक्षेता गणतन्त्र भएर त होला कोही कता फर्केको छ कोही कता? कसैले हिन्दू राष्ट्र राज्संस्था संघियता को खारेजी आन्दोलन चर्किने अवस्था देखिन्छ। जब कि गणतन्त्र आएको पनि १३बर्ष भयो। यहाँ कसलाई राजा बनाउने यहाँ त हजारौ राजा सलामि खाएकै छन। कसैले कसैलाई टेर्दैन। यो किन भएकोछ। जरो कहाँ छ समुल समस्याको? यो सब भारतीय युरोप र अमेरिका बाट नियोजित ल्याइएको लादिएको ब्यबस्था हो। अब हामी सम्पूर्ण नेपाली जसलाई यो भुमी यहाँको सन्क्रिती संस्कार सभ्यताको रक्षा चाहिएकोछ एक हुनु पर्ने समय आयो ताकी बिदेशीले हेप्न मार्न लुट्न कुट्न नसकोस।