October 17, 2021

Halkhabar kura

Entertainment Site

यी ६ खाना धेरै नखानुहोस्, चाँडै खुइलेला तालु

1 min read

तालु खुइलिनु र कपाल झर्नु धेरैको समस्या बनेको छ। धेरैको युबावास्थामै तालु खुइलिदा समस्या बनेको छ । कपाल झर्नुका पछाडि धेरै कारण हुनसक्छ जसमा रोग र बंशानुगतका साथै खानपिन पनि समावेश छन् ।

खानपिन धेरै कुरामा भर पर्ने गर्छ। जति हामीले स्वस्थ खानपिन गर्यौं त्यति हामीलाई फाइदा हो। त्यसरीनै कपाल झर्न नदिन पनि हामीले यी खानाहरु कमै खानुपर्ने हुन्छ-

मिठाईः
मिठाईले ब्लड सुगरको स्तर बढ्छ जसले हेयर फोलिकल्स खुम्चिने गर्दछ र कपाल झर्छ ।

रक्सीः
रक्सि पिउँदा शरिरमा जिंकको शेचन ढिलो हुन्छ जसले अत्यधिक कपाल झर्छ ।

पेस्ट्रीज र केकः
यसमा हुने मैदा र चीनिले एन्ड्रोजन हर्मोन बढाउँछ जसले गर्दा तीब्र रुपमा कपाल झर्छ ।

तारेका खानेकुराः
तारेका खानेकुराहरुमा अत्यधिक तेल हुनाले टाउकोको कपालको प्वाल बन्द हुन्छ जसका कारण कपाल तीब्र रुपमा झर्छ।

पिज्जाः पिज्जा खाँदा रगतमा चीनिको मात्रा बढ्छ जसले हेयर फोलिकललाई खुम्च्याउँछ र कपाल झर्न मद्दत गर्छ।
कार्बोनेटेड ड्रिङ्क्सः
सोडा, कोकाकोलाजस्ता ड्रिङ्क्समा धेरै चीनि र एसिड हुन्छ जसले कपाल धेरै झर्छ ।

Leave a Reply

Your email address will not be published.