September 24, 2021

Halkhabar kura

Entertainment Site

चीनले पाएको यो सफलताले संसारभरि हलचल, किन भयो हलचल हेर्नुहोस यो भिडियो

1 min read

एजेन्सी।

चिनियाँ यात्री अन्तरीक्ष केन्द्रमा छन् । उनीहरु अन्तरीक्षमा बसेर दिनभर काम गर्ने र राति सुत्ने कार्य गरिरहेका छन् । यसको भिडियो चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको छ ।

ग्लोबल टाइम्सले बुधबार तीन चिनियाँ अन्तरीक्ष यात्री नि हैसेङ, लिउ बोमिङ र ताङ होङबोको मुख्य गतिविधिको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा उनीहरुले खाएको देखि सुतेको समेत देखाइएको छ ।

तियानही मोडुली नाम दिइएको अन्तरीक्ष केन्द्रमा उनीहरु तीन महिना रहनेछन् । यो पाँच वर्षपछि चीनको पहिलो अन्तरीक्ष मिसन हो ।

चिनियाँ सेन्ट्रल चाइना टेलिभिजनले प्रसारण गरेको टेलिभिजनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यात्रीहरुसँग ५ मिनेट कुराकानी गरेर धन्यवाद दिएका थिए ।

First vlog released showing taikonauts cabin life in China’s space station