October 29, 2021

Halkhabar kura

Entertainment Site

पैसाको आशमा परदेशलाई नरोजौं, आफ्नै गाउँमै केहि इलम गरौँ !

1 min read

-अनुप खडका, साउदी अरब

कुनै दिन सोच्ने गर्थे परदेश भन्ने कस्तो होला,के त्यहाँ जान पाए साच्चिकै लाइफ बन्छहोला भनेर सबेले सोचेका हुन्छन ? के त्यहाँ पैसा फल्ने बोट हुन्छहोला ?

यस्तै सोचाइले मन सधै भारि भइरहेको हुन्छ सबैको ।म पनि राम्रो मान्छे बन्थे होला त्यहाँ गयता। गाउँ परिबार को हाइ हाइ बनिन्थ्यो होला,गाउँले दाजु भाइ परदेशबाट आउदाँको छाँटकाँट,, फु गरेपनि ठल्नि जस्ता मान्छे,हेर्दा नचिनिनि भएर आउदाँ,अनि सोच्छनसबैले एक पटक मात्रै जान पाए । लिएर एक सुनौलो सपना बोकि यो आफ्नो जिबनको अनौठो यात्रा गर्न पनि बेर गदैनन् ।

मानिसको जिबनले पनि कहिले कोल्टो फेरकोहुन्छ खै थाहैहुदैन,गरिबि जिबनलाइ उकास्ने सुरमा अचानक परदेशि जिबन जिउँदा पो थाहा पाउछन । संसारको लिला केहो भन्ने,बास्तबिकताको दुनिया कस्तो रैछ भन्ने । हो सपनाको परदेश र बिपनाको परदेश एकदम भिन्न हुन्छ हामिले जो सोचेका हुन्छौ , अनि राम्रा राम्रा सपना बुन्ने गर्छौ कुनै बेला ।

बुढा हजुरबुबाआमा हरु भन्नु हुन्थो“ कित परेकाले जान्दछन कित पढेकाले““साच्चैनै यो शब्दले प्रदेशिको मनको एक छेउ लिएको हुन्छ जब प्रदेशिभए अनि यस्तै यस्तै कुरा मनभरि खेलाउदै जिबन जिउन बाध्य हुन्छन । यो मानिस भएरपनि अन्धकारको दुनियाँमा बिपनाको परदेशको कुरा गर्नु पर्दा जुन दुनियालाइ बेग्लै ठान्दछन,प्रदेशि संसारमा बाउ खाँन्छ पेट भरि छोरो हेर्छ भोकले बाउले खाँको टुलुटुलु, अनि छोरो खादाँ बाउले हेर्नुपर्ने टुलुटुलु ,कति अजिव जस्तो हुनछ प्रदेशको दुनिया ।

कोहि कसैको कुरो सुन्ने फुर्सदनै हुदैन । सबै आफ्नो आफ्नो धुनमा,,छोरो मरेको पनि थाहा हुदैन बाउ बिमार भको पनि थाह हुदैन ,एकसुरे जस्तो जिवन हुन्छ, प्रदेशिलाइत कता कता लाग्छ,जस्तो सुकै दु :ख कष्ट भएपनि आफ्नै गाँऊ ठाँउनै ठिक। जे भएपनि आफ्नै गाँउमा माया र ममता प्रशस्त छ जस्तो लाग्छ ।गाँउ घरकाले सोच्दा होलान,ल फलानाको छोरो विदेशबाछ धनकमाएर आउछ भन्छनहोला तर भोको नाङगो कसले सम्सिम्झनछन होलो । पैसा को पछाडि लागेपछि के आफ्ना के पराइ सबै तोड्दा रैछन भन्दा होलान।

आफु नमरि स्बर्ग देखिदैन भन्छन ति घरमै बसेका बुबाआमाहरुलाइ के थाहा,परदेशको हालत,यहाको परिपाटि । हो उनि हरुको सोचाइ पनि म गलत सोच्दिन ठिक हो ,तर गाउँ परिबार आफ्नाको सम्झना त किन हुदैनर सम्झना मनमै खुम्चाएर राखनु र्पछ यहाँ,माया ममतालाइ भूल्नु पर्दो रैछ यहाँ काम नगरि सुखै नहुने हुन्छ ,भो आज स्वास्थ्यलाइ ठिक छैन भोलि गरमला काम भन्न नपाइनि, जति दु :ख भएपनि मरिमेट्नै पनि र्उफ यो कस्तो दुनिया हो ?बिरामि पर्दा तातो पानि पनि तताएर दिनि मान्छे नहुदाँ मन त यति त रुदैन, सकि नसकि आफुले नै गर्न पर्ने ।

आफुले नबाले चुलो बल्दैन । ला आज तलाइ सन्चो छैन म बनाइ दिन्छु खाना त सुत भन्नि मान्छे त कहाँ हो कहाँ ओइ कस्तो छ भनेर बोलाउने मान्छे समेत हुदैनन् ।अनि यहि देशका मान्छेको परदेशिहरुलाइ हेन र्नजर पनि अलग हुन्छ , को हो को हो जस्तो गर्ने,र्जति लडारिएर मडारिएर बसेपनि यहाँका मान्छे सँग परदेशि परदेशि नै हुदो रैछ, आखिर एक्लो । दुइ पैसा कमाइ केहि गरौला भन्नि सोच पनि परदेश को हाबाले त्यतिकै उडाइदिदो रैछ। बुढेसकालको साहरा होलान छोराछोरि भन्दा बाउआमा सँगै चाहरा माग्नि अबस्थामाभका परदेशिहरु लाइ देख्दछु।हरपल गाँउ परिबारको यादले मन छटपटाइरहदा कति खेरजाम जस्तो हुनि यो मन,,सधै सधै यो उडेर गाउकै सपना मा बिलिन हुन्छ।

बाआमा कस्तो हुनुहुन्छ होला? काका काकि को के खबर छ होला ? पल्लाघरे दाइभाइ,उपल्लो घरकि हजुरआमा ,,बहिनिहरु,,कस्ता होलान के गर्दै होला ?फलानो के गर्दै होला फलानि के गर्दै होलि ?गाँउमा नयाछ के हुदै छ होला ? यस्तै यस्तै कुराहरु यँहाका दिन काट्ने साथिहरु हुदा रैछन। मन किन हो किन एकोहोरिरहन्छ । जे भएपनि काम त गर्नै पर्ने । काम नगरि खान कहाँ पाइन्छ र ।

जे पर्दा पनि लादिन पर्छ यहाँ।। उफ कहिले काहि तमनमा गाँठो परेर आउछ यहाको चलन देख्दा,, धेरै चोटि रोएको पनि थिए बाबुआमाको यादमा तर रोएको पनि सुनिदिने कस्ले आँखाको आँशु आँखैमा सुकाउनु पर्ने।आमा भनेर बोलाउन मन लाग्दा बोलाउन पाइएन ।यहाँ। जस्तै भएपनि परिबारको काखमा रामाउन कसलाइ मन छैनर,यो दुनिया स्बाथि र्भनौ कि के भनौ, जे गरे पनि राम्रो हुदैनहुने।बाध्यता त मजदुरिले गर्दा बिरानो मुलुकतिर पाइला नचालि नहुने, उहि पैसा को कारण सबैथोक त्यागि पराइ घर सिघार्न पर्ने,किन हो किन यो दुनियाले पैसालाइ नै ठुलो देखेको होला सोच्छु तर के गर्ने जता जाउ त्यहि उइ पैसा यो बिना त केहि गर्छु भन्दा पनि नसकिने कस्तो जमना होला यो सोच्दा सोच्दै मान्छेलाइ पागल बनाइदिन्छ ।

मलाइ त यस्तो लाग्दै छ, जस्तो सुकै होस जति दु :ख गर्न परेपनि आफनै गाउलाइ सिघानि र्मन छ तर मन भएर के गनि र्धनलाइ अगाडि नलगिन्जेल सम्म केहि नहुनि उफ ,एक मन त भो मत जान्छु परदेश भन्नि यस्तै रैछ भन्नि सोच्छु फेरि एकछिन पछि मन बदलिन्छ भो जानु हुदैन, घर गएर पनि केहि गर्न सकिएन भने मेरो एक्लो जिबन त जहा गएर भए पनि पालुला तर घर परिबार पनि हेर्न पर्यो नि भन्नि सोचाइले खिचेर फेरि यहिको दुनियामा रमाउने कोसिस गर्ने सोच्छु तर मनले मान्दैन ।

मत सबै मेरा साथिभाइलाइ यो भन्न चाहन्छुकि ढिडो रोटो जस्तो भएपनि घरकै खाउ,दु :ख जति परेपनि परिबार सँगै बाड्दै जिउ तर परदेश जानि दुइ पैसा कमाउनि सोचाइलाइ बदलौ मान्छेको जातलाइ जति भएपनि थोरैनै हुन्छ त्यसैले संतोष धैर्य लाइ कहिल्यै नतोडम भन्छु म त ।बरु भगवान सँग प्रार्थाना गरौ कि भगबान अहिले जस्तो जिइ रहेको छू उस्तै सँधै भइरहोस यहाँ भन्दा तलनि जान नपरोस र यहाँ भन्दानि माथि पनि नलगिदेउ भनौ यो लोभको घैटोमा जति पानि हालेपनि भरिदैन ।

बरु आफ्नै गाँउमै केहि गरेर देखाउनि सोचाइ बनाम तर पैसाको आशमा परदेशलाइ नरोजम ।। बस साथि ।बस यहि हो यो म मात्रै होइन सबै परदेशिको बेथा , परदेशिको बेथा ।