September 24, 2021

Halkhabar kura

Entertainment Site

धरान कांग्रेस नेतासहित ३ जना नक्कली नोटसहित पक्राउ : छुटाउन चलखेल !

1 min read

-इनरुवा , सुनसरी

नेपाली कांग्रेस धरानका एक नेतासहित तिनजनालाई जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीले पक्राऊ गरेपछि उनीहरुलाई छुटाउनका लागि चलखेल भईरहेको समाचार छ । कांग्रेस नेता धरानका उपमहानगर कमिटी निर्वाचित पदाधिकारी हुन् ।

उपमहानगर कमिटी निर्वाचित उपसभापति महेन्द्र तामाङ जाली नोटको कारोबार गरिरहेको सुचनाको आधारमा प्रहरीबाट पक्राउ परेपछि उनलाई छुटाउनका लागि चलखेल भईरहेको सूचना सुत्रबाट जानकारी आएको छ । प्रहरीलाई समेत दवाब छ, सुत्र भन्छ, तर, तामाङसँगै पक्राऊ परेका अन्य दुईका कारण र मिडियामा समाचार प्रकाशित भईसकेकोले सामान्य अवस्था छैन ।

ईनरुवा नगरपालिका वडा नंम्वर ४ स्टार होटल अगाडिबाट उनीहरु पक्राऊ परेको, सुनसरी प्रहरीले जनाएको छ । कांग्रेस नेता तामाङ धरान वडा नंम्वर १७ का हुन् । उनीसँगै पक्राऊ धरान वडा नंम्वर १९ का टेक बहादुर तामाङ र सुनसरी हरिनगर गाउँपालिका वडा नंम्वर २ का नजिम साफि हाल प्रहरी हिरासतमा नै छन् ।

प्रहरीका अनुसार, उनीहरुको साथबाट कागजमा पोको पारेर बेरेको अवस्थामा नक्कली रुपैयाँ फेला पारेका थिए । नेपाली नक्कली रुपैयाँ एक हजार दरका ४ सय १५ थान अर्थात ४ लाख १५ हजार फेला पारेको, प्रहरी भनाई छ ।

नक्कली जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।