January 24, 2022

Halkhabar kura

Entertainment Site

मौसम परिवर्तनको समयमा बिरामि हुनबाट बच्न अपनाउनुस यस्ता उपाय

1 min read

काठमाडौं । जाडो महिना लगभग सकिएर अब गर्मि महिना सुरु हुदै छ ।अहिले मौसम परिवर्तनको समय चलिरहेको छ । जाडो मौसम सकिएर ग्रीष्म ऋतुको आगमनसँगै शरीरले भिन्न तापक्रमको आवश्यकता महसुस गरिरहेको हुनसक्छ । बिहान र बेलुका हल्का चिसो हुने एवं दिउँसो धेरै तातो हुने समस्या हुन्छ ।

यस्तो अवस्थामा प्राय: भाइरल इन्फेक्सन, चिसो खोकी र शरीरको दुखाई पनि बढ्ने गर्छ । शरीरले भिन्दै किसिमको तापक्रमका कारण समस्या ब्यहोरिरहेको हुन्छ । दिनको कडा घामको कारण हाम्रो शरीर आफैंमा तातो हुन्छ भने बेलुका एक्कासी चिसो हुँदा शरीरको स्वास्थ्य सन्तुलन बिग्रन सक्छ ।

जब तपाईं यी सामान्य समस्याहरूको बारेमा डाक्टर कहाँ जानुहुन्छ । त्यहाँ तपाईंलाई एन्टिबायोटिकको गोली बोकाएर पठाउने गरिन्छ । धेरै पटक मानिसहरू यसले पूरा निको नभएपछि काउन्टरमा औषधि लिने गर्छन् ।डाक्टरलाई नसोधी एन्टिबायोटिकको फाइदा वा साइड इफेक्टको बारेमा जानकारी समेत नलिई एन्टिबायोटिक धेरै लिनु स्वास्थ्यको लागि अर्को हानिकारक कुरा हो । त्यसकारण औषधिको गोली लिनुको सट्टा यस्तो अवस्थामा भान्साकोठामा नै पाइने प्राकृतिक एन्टिबायोटिकहरू प्रयोग गर्नु स्वास्थ्यको लागि राम्रो हुने चिकित्सकहरुको सुझाव छ ।चिकित्सकका अनुसार धेरै मौसमी रोगहरुमा एन्टिबायोटिक सेवन गर्दा पाचन प्रणाली प्रभावित हुन्छ ।

साथै यसले साइड इफेक्टहरु समेत धेरै गर्ने गर्छ । त्यस्तै, कतिपयलाई यी एन्टिबायोटिकसँग एलर्जी पनि हुनेगर्छ । साथै, एन्टिबायोटिकको अत्यधिक प्रयोगको कारण, ब्याक्टेरिया पनि औषधि प्रतिरोधी हुँदै गइरहेको पाइन्छ । सन् २०१४ मा गरिएको एक सर्वेक्षणले यो पनि पत्ता लगाएको छ कि हर्बल उपचार रासायनिक एन्टिबायोटिक जत्तिकै प्रभावकारी छ र यसको कुनै साइड इफेक्ट पनि छैन ।यस्तो अवस्थामा ओटीसी औषधिहरु लिनुको सट्टा आहारमा यी प्राकृतिक एन्टिबायोटिकहरूको प्रयोग गर्नुु स्वास्थ्यको लागि लाभदायक हुने मानिएको छ ।

ब्याक्टेरियाको संक्रमणसँग लड्न लसुन प्रभावकारी: लसुनको एन्टिब्याक्टेरियल गुणहरूको कारण रोगसँग लड्नसक्ने क्षमता एकदमै धेरै हुनेगर्छ । लसुन सयौं वर्षदेखि प्रयोग हुँदै आएको कृषि उपज हो । लसुन ब्याक्टेरियाको संक्रमणसँग लड्न धेरै प्रभावकारी मानिन्छ ।लसुनमा फेला पार्ने कम्पाउन्ड एलिसिन, साल्मोनेला र ईकोली जस्तो खतरनाक ब्याक्टेरिया निर्मूल गर्न पनि यो धेरै प्रभावकारी छ । यद्यपि लसुन धेरै फाइदाजनक छ । तर, धेरै लसुन खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।त्यसैले प्रत्येक दिन २ वटाभन्दा बढी लसुन खानु हुँदैन । यदि तपाईंले पहिले नै कुनै रोगको औषधि लिइरहनु भएको छ भने लसुन खानुभन्दा पहिले डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।

मह एक पुरानो एन्टिबायोटिक: धेरैले सोच्ने गर्छन् कि मह गुलियो हुन्छ । त्यसैले यो स्वास्थ्यको लागि हानिकारक हुन्छ । यदि सो सोचाई कसैको छ भने यो शतप्रतिशत गलत कुरा हो । मह धेरै पुरानो र लाभदायक एन्टिबायोटिक हो जुन धेरै पुस्ता अघिदेखि प्रयोग हुँदै आएको छ । लामो समयसम्म घाइते भएर बसेकाहरुको उपचारमा यो निकै प्रभावकारी मानिन्छ । छालामा देखिएको समस्या र धेरै तरिकाले ब्याक्टेरिया संक्रमितहरुको उपचारमा यो प्रभावकारी मानिन्छ । सन् २०११ को एक अध्ययन अनुसार, महले ६० प्रकारका ब्याक्टेरियालाई रोक्न सफल भएको देखिएको थियो ।

बेसारको प्रयोग: बेसारमा पाइने कर्क्यूमिन भनिने तत्व अत्यन्त शक्तिशाली एन्टिआक्सिडेन्ट हो । एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि यसमा धेरै हुन्छ । नेपाली भान्छामा भेटिने सबैभन्दा सामान्य मसला हो, बेसार ।यसले शरीरमा स्वतन्त्र रेडिकलहरूको कारणबाट हुने क्षति रोक्न मद्दत गर्छ । साथै, बेसारको नियमित सेवनले शरीरमा रोग फैलाउने थुप्रै प्रकारका ब्याक्टेरियालाई रोक्न पनि मद्दत गर्छ ।साथसाथ बेसार एक ब्याक्टेरिया मात्र नभएर यसले फन्गलस र ट्यूमर कोषहरूको बृद्धि गर्न समेत मद्धत गर्छ । समग्रमा, बेसार एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिक पनि हो ।

अदुवा: अदुवा एन्टि–ब्याक्टेरिया र एन्टी–इन्फ्लेमेटरी गुणहरूले धनी छ । वैज्ञानिकको समुदाय पनि अदुवालाई एक शक्तिशाली प्राकृतिक एन्टिबायोटिकको रुपमा मान्छ ।यो धेरै अध्ययनबाट पत्ता लागेकोकुरा हो । सन्२०१६ मा भएको एक अध्ययन अनुसार अदुवामा धेरै प्रकारका ब्याक्टेरियासँग लड्ने क्षमता देखिएको थियो । जसमा एन्टि–माइक्रोबियल गुण हुन्छ । जसले माइक्रोब र ब्याक्टेरियासँग लड्न मद्दत गर्छ ।

ल्वाङ: त्यस्तै, मौसम परिवर्तनसँगै आउने समस्याको लागि ल्वाङ पनि एउटा अति महत्वपूर्ण घरेलु उपचार हो । शताब्दीयौंदेखि दाँत सम्बन्धी समस्याबाट छुटकारा पाउनको लागि प्रयोग गरिँदै आएको कुरा हो ।अहिले धेरै अनुसन्धानहरुले ल्वाङले ईकोलाई जस्ता खतरनाक ब्याक्टेरियाहरूको विरूद्ध क्लोभ पानी निकाल्ने अर्थात् ल्वाङलाई पानी पनि धेरै प्रभावकारी छ । तसर्थ, ल्वाङ पनि एक प्राकृतिक एन्टिबायोटिकको रूपमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.