January 21, 2022

Halkhabar kura

Entertainment Site

सनातन वैदिक परम्परा संस्कारहरुलाई बिर्सदै जाने हो भन्ने हाम्रो अस्तित्व नै मेटिन्छ !

1 min read

बिगत ३ दिन अगाडी चेक गराएको रगतको रिपोर्ट देखाउनु आज बिहानै डाक्टर संग भेट्नु गए रिपोर्ट हेरेर डाक्टरले भिटामिन D को कमि भएको जानकारी दियो र भिटामिन D ट्याब्लेट खानु पर्ने पेश्क्रिप्सन गर्यो । बिगत लगभग २० महिना देखि कोठा भित्रैको काम भएकोले गर्दा घाम संग राम्ररी भेट हुन् सकेन । सायद यसैको परिणाम स्वरूप भिटामिन Dको कमि भएको मेरो अनुमान रह्यो । छलफल्कै क्रममा विश्वको आधा भन्दा बढी जनसंख्या अर्थात् ३.५ अर्ब मानबहरु यो समस्याबाट पिडित रहेको जानकारी डाक्टरले गरायो,साथै डाक्टरले भिटामिन D को एक मात्र श्रोत घामको न्यानोपन हो । तेस्मा पनि बिहानीको घामको किरणमा सन्तुलित भिटामिन D पाउने जानकारी दियो । WHO/र एक बिश्वको प्रख्यात संस्थाको एक प्रतिवेदनमा पनि सोहि कुरा उलेख छ ।

डाक्टरसंगको भेट पछि मेरो मानस पटलमा सानोको केहि यादहरु खेल्नु थाल्यो । आमाले बिहान नै उठेर सुर्य भगवानको दर्शन गर्नु पुजा गर्नु ,पानी चढाउनु ,सुर्यको स्तुतिगान गाउनु लगायतको धार्मिक कुराहरु । हाम्रो सनातन हिन्दु धर्म ग्रन्थले बिहानीपख सुर्यको पुजा गर्नु भनेर तेसै भनेको होइन रहेछ ,यसमा पनि वैज्ञानिकता लुकेको रहेछ । मानब समुदायलाइ भिटामिन Dको आबश्यकता पुरा गराउनु त्यो समयको मानब समाजलाई बुझाउने गरेर सुर्य पुजाको थालनी गरिएको रहेछ । जुन आजको सम्पन भौतिक युगमा झन् जरुरि रहेछ सुर्य पुजाको महत्वको ।

वैज्ञानिकहरूले अन्य उपायबाट निर्मूृल नहुने रोगका किटाणुहरू पनि सूर्यको प्रकाशको प्रभावले डेढ घण्टामा मर्ने पत्ता लगाएका छन् । क्षयरोग, टाइफाइट आदि रोगका किटाणुहरू प्रकाशमा रहनाले गर्दा नष्ट हुन्छन ।

‘सरति आकाशे इति सूर्य’ संस्कृत व्याकरणअनुसार आकाशमा निराधार भ्रमण गर्ने तत्वको रूपमा सूर्यको महिमा छ । ‘सुवति कर्मणि लोकं प्रेरयति’ अर्थात् सूर्यले उदयसँगै सम्पूर्ण संसारलाई कर्ममा प्रवृत्त गराउँछ । सूर्योदयको साथबाटै जगतले आफ्नो काम सुरु गर्छन् भने सूर्यास्तसँगै विसर्जन गर्छन् । सूर्यलाई दिन–रात, पक्ष, महिना र ऋतुको नियामक मानिएको छ । सम्पूर्ण जगतलाई प्रकाशमय पार्ने, मानिसलई कर्ममा प्रवृत्त हुन प्रेरणा दिने, रोग नाश गर्ने, राम्रा नराम्रा काम देख्ने विशेषता सूर्यमा पाइन्छ ।

तेसैले त वेदमा ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’ अर्थात् समस्त जगतको आत्मा रूपमा सूर्य रहेको बताइएको रहेछ ।

तर आज हामी पढे लेखेको आधुनिक भनाउदा युवाबर्गहरु हाम्रो पुर्बजले हाम्रै भलाइको लागि निर्माण गरेको संस्कारलाइ कुसंस्कार भन्दै बिरोध गर्दै आफ्नु परम्परा र संस्कारलाइ बिर्सदै छौ । होला हाम्रो कतिपय परम्परा संस्कारलाइ समयाअनकुल सुधारको जरुरि छ र हुनु पनि पर्छ तर हाम्रो केहि यस्ता बैदिक परम्परा र संस्कार छ जसलाई बिर्सने भुल गर्ने हो भन्ने हाम्रो आफ्नै अस्तित्व मेटिने छ ।

Leave a Reply

Your email address will not be published.