October 17, 2021

Halkhabar kura

Entertainment Site

अभियान्त र युटुबरको दादागिरी, टुलुटुलु हेर्न बाध्य प्रशासन (भिडियो)

1 min read

वैदेशिक रोजगार विभाग । जो सधै गुनासो बोकेर आउने सेवाग्राहीको भीडले भरिने गर्छ । विदेश जाने क्रममा ठगिएका कयौं ब्यक्तिको गुनासो दिनहुँ यो विभागका कर्मचारी र महानिर्देशनले सुन्ने र सम्बोधन गर्नुपर्छ । र, विभागले यो काम गरिरहेकै छ पनि । तर, माघ १५ र १८ गते फरक दृष्य देखियो । गुनासो बोकेर गएका पीडितहरु महानिर्देशकको कार्यकक्षबाहिर टोलाएर बसेका थिए । महानिर्देशकलाई भेट्न र आफ्ना समस्या सुनाउन उनीहरु घण्टौदेखि पालो पर्खिराखेका थिए ।

तर, भित्र महानिर्देश कुमार दाहाल भने केहि थान डिएसएलआर क्यामारा बोकेका युटुबरहरुको भीड र कथित अभियान्ताहरुको कब्जामा थिए । कोठामा थुनेर उनलाई कथित अभियान्ताहरु हेमराज थापा, ज्वाला संग्रौला, पुन्य गौतमसहितको टोलीले थर्काउने काम मात्रै गरेका थिएनन् । कुर्सीबाटै निकालेर फालिदिने धम्कि समेत दिइराखेका थिए ।

बाहिर पीडितको लाइन थियो । तर, तिनै पीडितलाई भेट्न नदिएका कथित यी अभियान्तहरुले पीडितको कुरा किन नसुनेको ? उनीहरुको समस्या किन समाधान नगरेको ? भन्दै थर्काइराखेका थिए । त्यो थर्काइ यस्तो खालको थियो मानौं, उनीहरुको विभागीय मन्त्री हुन् र, तिनले भनेको नमाने उनलाई त्यहाँबाट निकाल्ने अधिकार राख्छन् ।

एउटा विभागको हाकिममाथि बिना कारण यो स्तरको अनुशासनहीन अराजकता हो । वैदेशिक रोजगार विभागको काम चित्त बुझ्दो भएन होला ।

पीडितले समयमा न्याय पाएनन् होला । तर, त्यो हेर्ने जिम्मा के यी कथित अभियान्ताको हो ? होइन भने किन यिनीहरु यसरी सल्बलाई राखेका छन् । उनीहरुको नियत र उद्देश्य के हो ? के युटुवरलाई कमाइ खान सजिलो बनाइ दिन यसो गरिराखेका छन् की सस्तो चर्चाका लागि ? माघ १५ गते मात्रै होइन उनीहरुले यस्तो हर्कत देखाएका । माघ १८ गते आइतबार पनि यो समूहले यस्तै हर्कत देखायो वैदेशिक रोजगार विभागमा ।

केहि पीडित बोकेर गएका उनीहरु पीडित कुरा सुन्न दिने भन्दा महानिर्देशकलाई थर्काउने काममा ज्यादा समय खर्च गरिराखेका थिए । अझै उनीहरुको बसाइँको शैली र कुरा गराइको तरिका हेर्दा जो कोहीलाई रिंगाटा छुट्थ्यो ।

अभियान्ता भन्ने हेमराज, पुन्य, ज्वाला लगायतकाहरु पाखुरा सुर्केर उल्टै थकाईराखेका थिए ।

यसरी काममा खटिराखेको महानिर्देशकमाथि के न बिगारे जसरी जाइलागेका कथित अभियान्ताहरुले उनकै कार्यकक्षमा युटुवर सम्मेलन गर्न थाले । बिचरा, महानिर्देशक निरीह भएर उनीहरुले कार्यकक्ष भित्र देखाएर अनेकन हर्कट टुलुटुलु हेरिबसे । अति भएपछि महानिर्देशक दाहालका सहयोगी कर्मचारीहरुले उनीहरुलाई बाहिर गएर युटुवरको सम्मेलन गर्न आग्रह गरे ।

कथित अभियान्ता र युटुवर कार्यकक्ष बाहिर निस्किएपछि महानिर्देशक दाहालले दिक्दार मान्दै भनिरहेका थिए– यस्ताको कुरा नसुनौं उठेर हिडौं, भगौडा भन्छन् । भागौं युटुबर पछि पछि लागेर लखेट्छन् । भन्नुहोस् म के गरौं ?

महानिर्देशक दाहाल अभियान्ताका नाममा पछिल्ला केहि दिन यता भएका गतिविधिले आफू नराम्ररी प्रभावित भएको बताउँछन् । उनी भन्छन्– म आफै अचम्ममा परिराखेका छु । यहाँ के भइराखेको छ र किन एउटा कर्मचारीमाथि बिनाकारण यो स्तरको दुब्र्यबहार भइराखको छ मैले बुझ्न सकेको छैन् ।

सरकारी कार्यालयमा समयमा काम भएन होला । पीडितका समस्या बेलैमा सम्बोधन भएनन् होला । तर, यो गुनासो राख्ने र भन्ने सरकारी संयन्त्र र प्रकृया छ । यस्ता कुरालाई पुरै बेमलतब गरेर यी कथित अभियान्ताहरु आफूलाई बिना बर्दीको प्रहरी भन्दै मान्छे कुट्दै हिडिराखेका छन् । दिनहुँ कर्मचारीको हुर्मत लिने काम गरिराखेका छन् ।