November 29, 2021

Halkhabar kura

Entertainment Site

चिनियाँ एयरलाइन्सले काठमाडौं उडान स्थगन गर्दै

1 min read

चीनबाट फैलिएको नोबल कोरना भाइरसले प्रकोपको रुप लिएपछि देशहरुबीचको कनेक्टिभिटीमै प्रभाव पर्न थालेको छ। विश्वका विभिन्न देशमा रहेका विमानस्थल तथा सीमा नाकामा कडाइ गरिएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको कनेक्टिभिटी टुट्दै गएको छ। विभिन्न देशमा चीनसँग हवाई सम्पर्क विच्छेद गरेका छन्। स्वयम् चिनियाँ एयरलाइन्सहरुले नै उडान स्थगन गरिरहेका छन्।

नेपाल उडान गरिरहेका चिनियाँ एयरलाइन्सहरुले धमाधम उडान स्थगनको घोषणा गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सबैजसो चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्।

पछिल्लो समय चीनमा कोरना भाइरस फैलिएपछि चीन सरकारले समूहमा विदेश जाने आफ्ना नागरिकलाई बन्देज लगाएको छ भने विमानस्थलको चेकजाँजलाई निकै कडाइ पनि गरेको छ। चिनियाँहरु नआउने, नेपालबाट जाने यात्रु पनि नपाएपछि पछिल्लो समय उडानहरु रित्तै हुँदै आएका थिए।

‘पछिल्लो समय चीनमा हुने अधिकांस उडान २० देखि २५ प्रतिशत क्षमतामात्र भइरहेका थिए। सामन्य अवस्थाको तुलनामा यात्रुको संख्यामा ५० प्रतिशत बढीले घटेको थियो’ विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले भने। यात्रुको संख्या एकातिर घटेको र अर्कोतिर भाइरस फैलिने भन्दै चीन स्वयमले यात्रामा कडाइ गरेपछि धमाधम उडान स्थगनको सूचना एयरलाइन्सहरुले विमानस्थललाई दिएका छन्।

दैनिक एक उडान गरिरहेको एयर चाइनाले फेब्रवरी ४ देखि २९ सम्म नेपालका सबै उडान स्थगनको सूचना विमानस्थललाई दिएको छ। त्यस्तै चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रुवरीदेखि २८ सम्म स्थगन गर्ने जानकारी गराएको छ। यो एयरलाइन्सले हप्तामा ११ उडान गर्दै आएको थियो। दैनिक २ उडान गरिरहेको चाइना साउदर्नले भोलिदेखि एक उडान मात्र गर्ने भएको छ। सिचुवान र तिब्बत एयरलाइन्सले पनि टिकट बुकिङ नलिन जिएसएहरुलाई भनेका छन्।

कोरना भाइरसकै कारण हिमालय एयरलाइन्सले अर्को सूचना जारी नभएसम्मका लागि ६ फेब्रुवरीदेखि उडान स्थगनको घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published.