November 29, 2021

Halkhabar kura

Entertainment Site

प्रदेश-२ मा कांग्रेस र समाजवादीबीच पनि चुनावी तालमेल

1 min read

काठमाडौं । प्रदेश २ मा राष्ट्रियसभाको रित्त चार सिटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीले दुई÷दुई सिटमा तालमेल गरेर उम्मेद्वारी दिने भएका छन्।

नेकपा र राजपाले दुई÷दुई सिटमा सहमति गरेपछि कांग्रेस समाजवादीसँग चुनाव सहकार्य गर्ने सहमति गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए। माघ ९ गते राष्ट्रियसभाका १८ सदस्यका लागि हुने चुनावका लागि आइतबार मनोनयन हुँदैछ।

कांग्रेसले भोलि बिहानसम्म उम्मेद्वारको टुंगो लगाउने नेता श्रेष्ठले जानकारी दिए। प्रदेशगत रुपमा उम्मेद्वारको सिफारिस भइसकेकाले पदाधिकारी बैठकले निर्णय गर्नेछ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेद्वारको टुंगो लगाउने अधिकार पदाधिकारीलाई दिएको थियो।

Leave a Reply

Your email address will not be published.