November 29, 2021

Halkhabar kura

Entertainment Site

च-ट्या-ङ्- लागेर बाँकेमा पाँच जना घाइते

1 min read

बाँके । च-ट्या-ङ्- लागेर बाँकेमा पाँच जना घाइते भएका छन्। नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा शुक्रवार विहान करिव ४ बजेतिर परेको च-ट्या-ङ्- लागेर उनीसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। घाइते सवैको भेरी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको अवस्था सामान्य भएको अस्पताललाई उदृध गर्दै प्रहरीले जनाएको छ। च-ट्या-ङ्- लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ।

पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारणले आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजराति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा वर्षा हुने जनाईएको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढ्ने हुँदा स-र्त-क-ता- अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.