October 28, 2021

Halkhabar kura

Entertainment Site

दशै होइन दशा बन्न सक्छ काठमाडौं उपत्यकामा, यस्तो ड’रलाग्दो अवस्था! (भिडियो हेर्नुस्) दशै होइन दशा बन्न सक्छ काठमाडौं उपत्यकामा, यस्तो डरलाग्दो अवस्था! (भिडियो हेर्नुस्)

1 min read

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एकै दिन १६ सय बढी कोराना सं’क्रमित भेटिएको विवरण सुनाइरहेकै बेला असन क्षेत्रमा देखिएको भिडले राजधानीमा को’भिड-१९ (कोरोना भाइरस) को महामारी छ भन्ने विषयलाई बिर्साइदिन्छ । काठमाडौं उपत्यकामा कोरोना सं’क्रमितहरुको संख्या निरन्तर उकालो लागिरहेका बेला बजारमा भने अत्यधिक भीडभाड बढेको छ । स्थानीय प्रशासनले भीड नियन्त्रण गर्न सकिरहेको छैन । भिडियो हेर्न तल क्लिक गर्नुहाेस्

इन्द्रचोकमा भेटिएकी पू’र्णिमा गुरुङले बजारमा यति साह्रो भीड हुन्छ भन्ने सोचेको भए आफू किनमेल गर्नै नआउने बताइन् । ‘लकडाउन र निषेधाज्ञाले धेरै मानिसहरु घर फर्किसकेकाले भि’डभाड हुँदैन होला भन्ने सोचेकी थिएँ’, गुरुङले अनलाइनखबरसँग भनिन्, ‘पसले आफैंले पनि सामाजिक दुरी कायम गरेर सामान बिक्री गर्ने व्यवस्था गरेका होलान् भन्ने सोचेकी थिएँ ।’

असनमा पसल सञ्चालन गरिरहेका मदनलाल बलामी स्वास्थ्य सा’वधानी अपनाउनुपर्ने कुरामा आफू सचेत रहेको बताउँछन् । तर, २५ वर्षको अनुभवमा हालसम्मकै सबैभन्दा कम ग्राहक यसपटक आएको उनको गुनासो छ ।

‘अहिले मान्छे छिर्नलाई नै गाह्रो छ, त्यही पनि ग्राहक आएपछि स्यानिटाइजर लगाउनलाई भनेर ढोकामै राखेका छौं’, उनले भने, ‘मास्कचाहिँ दिनभरि लगाएर बस्न गाह्रो हुन्छ, मान्छे छिरेपछि मास्क लगाउँछौं, नत्र खोलेरै बस्छौं ।’ ग्राहक आउने र जाने वित्तिकै पनि स्यानिटाइजर लगाउने गरेको उनले बताए ।

ठूला पसलहरुले स्नानिटाइजरको व्यवस्था त गरेका छन् । तर, सामाजिक दुरी कायम गर्ने विषय भने पालना भएको देखिएन । फुटपाथमा राखिएका पसलमा स्यानिटाइजर समेत थिएन । कतिपय विक्रेताले आफैंले पनि मास्क लगाएका थिएनन् । सातदोबाटोबाट किनमेलका लागि असन पुगेका सहदेव अधिकारी भन्छन्, ‘के गर्नु, सामान किन्नैपर्‍यो, महामारीबाट सावधानी अपाउने व्यवस्था त पसलेले पनि गर्नुपर्ने हो ।’

अधिकारीका अनुसार व्यवसायीले निश्चित घेरा बनाएर पालैपालो सामान किन्ने व्यवस्था मिलाएको भए राम्रो हुन्थ्यो । तर, ६ महिनादेखि ठ’प्प व्यापारका बीच दसैंको मुखमा लागेको भिडलाई अवसरका रुपमा लिएका व्यवसायीहरु त्यसो गर्ने पक्षमा छैनन् । फुटपाथमा पसल सञ्चालन गरिरहेका व्यवसायीहरु भने स्नानिटाइजर राखेर साध्य नै नहुने बताउँछन् । एक व्यवसायीले सुनाए, ‘कति ग्राहक आउँछन्, जान्छन्, स्नानिटाइजर राख्दा घाटै लाग्छ ।’ बरु आफूले चाहिँ नियमितरुपमा स्यानिटाइजर प्रयोग गर्ने गरेको उनले बताए ।onlinekhabar

Leave a Reply

Your email address will not be published.