October 28, 2021

Halkhabar kura

Entertainment Site

जेठ १९ का मूख्य खबर , कसले गर्यो दरबार काण्ड ? आज २० वर्ष पुरा

1 min read

जेठ १९ बुधबार। काठमाण्डौ 

आज जेठ १९ बुधबार काठमाण्डौ। हामि पछिल्ला २४ घण्टाका टप समाचारको  भिडियो र समाचार लिएर आएका छौं।

यो समाचार हामीले विगत २४ घण्टाका महत्वपूर्ण अपडेटहरु लिएर बनाएका हौँ।

हेर्नुहोस समाचार।

आज जेठ १९  स्वर्गीय राजा विरेन्द्र र परिवारप्रति हार्दिक श्रद्धांजली 

जनताका प्रिय राजा विरेन्द्रको राजपरिवार काण्ड भएको २० वर्ष पुरा भएको छ। आजसम्म पनि काण्डको राज खुल्न नसकेपनि दोष भने तत्कालिन युवराज दिपेन्द्रले खेपिरहेका छन्। कसैले दोष पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि दिने गरेकाछन्। तर , सत्यता के हो ? आजसम्म पनि खुल्न सकेको छैन।  स्वर्गीय राजपरिवार र राजा विरेन्द्र प्रति हार्दिक श्रद्दान्जली
 
 
चार देशमा नेवानिसहित चार वायुसेवालाई नियमित उडानको अनुमति
नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले चार अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका छन् ।
नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् ।

अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ ।

नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि तथा दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले संयुक्त रुपमा हरेक सोमबार उडान गर्नेछन् ।

दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्ने अनुमति पाएका छन् । नेपाल एयरलाइन्सको जहाज हरेक बुधबार नयाँ दिल्ली उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्न पाउनेछ ।

 
 
विवेकशील साझाका पूर्वअध्यक्ष थापाको निधन यस्तो छ हस्पिटलको विज्ञप्ति
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको अस्पतालले औपचारिक रुपमा पुष्टि गरेको छ। मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको छ ।
उपेन्द्र यादवलाई ठाकुर पक्षले पार्टीबाट निकालिदिए , उपेन्द्रले फेरि गरे काउन्टर कारवाही ठाकुरलाई 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो । ठाकुर पक्षले पनि यसको जवाफमा यादवलाई निष्कासनकै निर्णय गर्ने तयारी गरेको छ । १५ जेठमै ठाकुरले अर्का अध्यक्ष यादवलई २४ घण्टे स्पष्टीकरण पत्र पठाएका थिइ । स्पष्टीकरणको दोहोरी चलिरहेका बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने निर्णयमा पुगिसकेको छ ।
चीनले कोभिड भाईरस ल्याबबाट बनाएको आरोप लगाउने अमेरिकालाई फर्कायो जवाफ।    

चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा वैज्ञानिक अनुसन्धानको भएको बताएका हुन् । अमेरिकाले चीनलाई कोरोना महामारीको दोष लगाउने प्रयास गरिरहेको चीनले बताएको छ  ।

चीनले आधिकारिक रुपमा भनेको छ : ‘हामीले अहिले महामारीको कलंक भिराउने काम भइरहेको देखिइरहेको छ’, वेनबिनले भने, ‘हामीले कोरोना भाइरसनको उत्पत्तिको विषयलाई लिएर केही मुलुकलाई दोष लगाउने प्रयास देखिरहेका छौं ।’ 
 
काठमाण्डौको निषेधाज्ञा थप १० दिन थपियो। तर लचिलो बनाइयो नियम   
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिने लम्ब्याउने भएको छ। खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने तथा निर्माण कार्य पनि संचालन गर्न पाइने भएको छ।
 

मध्यरातभर ओली / माधव वार्ता नेकपा एमालेबारे आयो ठुलो खबर 

मध्यरातभर ओली र माधव पक्ष विच कुराकानी भएपछी फेरी नेकपा एमाले एक हुने संकेत देखिएको छ। यहि कुराको जानकारी एमाले नेता प्रदिप ज्ञवालीले समेत दिईसकेका छन्। कारवाही गर्ने भनिएका पार्टि सदस्यलाई कारवाही गर्ने निर्णयबाट समेत ओली समूह पछि हटेपछि फेरी एमाले एक हुने संकेत देखिएको छ।
चिनियाँ खोप जेठ २५ गतेबाट लगाउन थालिने, कसले पाउँछन्?
चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ। हिमाली जिल्लाहमा १८ वर्ष उमेर माथिकालाई र हिमाली जिल्लाहरू बाहेक अन्य जिल्लाहरूमा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई खोप लगाइनेछ। 
सर्वोच्चले नै गर्यो नेकपा एमालेबारे अचम्मको निर्णय। हेर्नुहोस के छ ?
मंगलबार न्यायाधीश केसी र श्रेष्ठले नेकपा विवाद र संसद विघटन अलग अलग मुद्दा भएकाले आफूहरु मुद्दा हेर्न मिल्ने राय दिएका थिए।  आज फेरी संसद विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले संसद विघटनको मुद्दा नेकपा विवादकै मुद्दाको उपउत्पादन रहेको ठहर गरेका छन् ।
खाडी मुलुक र मलेसियाबाट आउने नेपालीलाई खुशीको खबर , जम्मा ५ दिन क्वारेन्टाइन बसे पुग्ने 
खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारिका क्रममा पुगेका नेपाली श्रमिक नेपाल आउँदा जम्मा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । त्यहाँबाट निक्लिएपछि भने १० दिन घरमा फेरी क्वारेन्टाइन बस्नुपर्नेछ।
रेशम चौधरीलगायतका मुद्दा फिर्ता हुने संकेत। यस्तो छ सरकारी पहल
सरकारले थरूहट/थारूवान संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ। सहमतिको पहिलो बुँदामा टीकापुरमा भएको घटनामा धनीराम चौधरी, रेशलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि पहल गरिने तथा थारूभाषी बाहुल्य क्षेत्रमा प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा पठनपाठनको व्यवस्था समेत गर्ने पनि सहमति छ।
चिनबाट आइपुग्यो ८ लाख डोज भ्याक्सिन।  हेर्नुहोस यस्तो छ अपडेट 

मित्रराष्ट्र चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको १० लाख भेरोसेल भ्याक्सिन मध्ये मंगलबार दिउँसो करिब ८ लाख भ्याक्सिन काठमाडौं आइपुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको परामर्शपछि चीनले  ८ लाख डोज भ्याक्सिन दिएको हो । भ्याक्सिन लिनका लागि क्याप्टेन विजय लामाको टोली सोमबार राति बेइजिङ पुगेका थिए ।

प्रतिनिधि सभा विघटनको सुनुवाई जेठ २३ गते हुने। यस्तो छ प्रक्रिया 
संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली २०७२ संशोधनका लागि सर्वोच्च अदालतको पूर्ण बैठकबाट निर्णय गरेर न्याय परिषद्मा पेश गर्ने सहमति भएपछी प्रतिनिधि सभा विघटनको सुनुवाई जेठ २३ गते हुने भएको छ। यो संगै सबैको पर्खाई पनि त्यहि दिन अन्त्य हुने भएको छ। 
नेपालमा पनि १० जनामा ब्ल्याक फंगस। संक्रमितमध्ये ५०% को ज्यान संकटमा 
भारतसँगै नेपालमा पनि म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस (कालो ढुसी)का बिरामी देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १० भन्दा बढीमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी देखिएको हो । यो ज्यादै प्राणघातक रहेको छ। विशेष गरि इस्टेरोईडको प्रयोग भएका बिरामीमा यो संक्रमण देखिएको छ।
कोभिडसंगै नेपालमा अर्को भाईरल ज्वरो फैलियो। यस्तो छ अपडेट 
कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेलामा दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पूर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । यो संगै अब भाइरल ज्वरोबाट पनि बच्नुपर्ने भएको छ। 
आज एकैपटक शेयर अंकमा दोहोरो अंकको गिरावट।झर्यो शेयर कारोबार 
सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ ।  आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ । 
घट्न थालेको कोभिड ग्राफ फेरी ह्वात्तै बढ्यो । आज मात्रै यति धेरै संक्रमित
देशभर गरिएको १७ हजार १ सय ४७ पिसिआर परिक्षणमा नेपालमा मंगलबार थप ६ हजार ८५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै नेपालमा थप ६ हजार ८ सय ९८ संक्रमित निको भएका छन् । त्यस्तै थप ६८ जनाको मृत्यु भएको छ।
भारतले गर्यो अचम्म। परिक्षण नै नभएका खोप समेत प्रयोग गर्ने अनुमति
भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको केही विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण अनिवार्य नहुने नियम ल्याएको छ । यससँगै अब फाइजर र मोडेर्नाजस्ता कम्पनीको खोप भारत ल्याउने बाटो खुला भएको छ ।
 
सर्वोच्चको आदेश कुर्दै विपक्षी गठबन्धन , निर्णय कुरेर आन्दोलन सुरु गर्ने तयारी  
६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । गठबन्धनले अदालतको निर्णय कुरेर आफ्नो  धारणा बनाउने भएको छ। कोभिडका कारण सडकमा उत्रने कि नउत्रने भन्ने निर्णय पनि हुनेछ।
सरकारले चर्को मूल्य लिने हस्पिटलल विरुद्ध लियो एक्सन। दियो यस्तो निर्देशन 
कोरोना महामारीको समयमा बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएपछि सरकारले सबै हस्पिटलसंग खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ।
नयाँ भेरिएण्ट बारे डब्ल्यु एच ओ ले फेर्यो फेर्यो निर्णय। यस्तो छ परिवर्तन 
नेपालमा फैलिएको नयाँ भेरियन्टको कोभिडको नाम ‘डेल्टा’ .अन्य भेरिएण्टको पनि नाम फेरियो।
कोरोनाभाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको छ।  यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । यसबाट देशको इज्जत गएको भन्दै यस्तो गरिएको हो।
परराष्ट्रमन्त्रीले फर्काए कडा जवाफ : उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् !
कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले असन्तुष्टि जनाएका छन् ।आलोचना गर्नेहरुले खोप ल्याएर नागरिकहरुको जीवन रक्षा गर्नु ठूलो हो भन्ने न्यूनमत मानवीयता समेत नराखेको उनले बताए ।