November 28, 2021

Halkhabar kura

Entertainment Site

स्वास्थ्य उपकरण खरिद प्रक्रियाबारे अख्तियारले थाल्यो छानविन

1 min read

काठमाडौँ । कोरोना भाइरसको उपचारमा अत्यावश्यक सामग्री खरीदका क्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै बिरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

सरकारले खरिद प्रक्रिया रद्द गरेको भोलिपल्ट आज (बिहीबार) त्यसलाई लिएर अख्तियारले छानविन सुरु गरेको हो । आयोग स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई अख्तियार कार्यालयमा बोलाएर सोधपुछ गरिएको हो ।

यस्तै आयोगले स्वास्थ सेवा विभाग, त्यसअन्तर्गतको व्यवस्थापन महाशाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामग्री खरीद सम्बन्धी कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ ।

सरकारले कोरोना भाइरसको उपचारका लागि ओम्नी समूहसँग अत्यावश्यक सामग्री खरीद सम्झौता गरेको थियो । तर, त्यसमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चौतर्फी विरोध भएपछि (बुधबार) बाँकी ३० टन सामग्री नल्याउने गरी उक्त समूहसँगको खरीद सम्झौता रद्द गरिएको हो ।

कोरोना भाइरसको उपचारमा अत्यावश्यक सामग्री खरीदका क्रममा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै बिरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

सरकारले खरिद प्रक्रिया रद्द गरेको भोलिपल्ट आज (बिहीबार) त्यसलाई लिएर अख्तियारले छानविन सुरु गरेको हो । आयोग स्रोतका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई अख्तियार कार्यालयमा बोलाएर सोधपुछ गरिएको हो ।

यस्तै आयोगले स्वास्थ सेवा विभाग, त्यसअन्तर्गतको व्यवस्थापन महाशाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सामग्री खरीद सम्बन्धी कागजातसमेत नियन्त्रणमा लिएको बताइएको छ ।

सरकारले कोरोना भाइरसको उपचारका लागि ओम्नी समूहसँग अत्यावश्यक सामग्री खरीद सम्झौता गरेको थियो । तर, त्यसमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै चौतर्फी विरोध भएपछि (बुधबार) बाँकी ३० टन सामग्री नल्याउने गरी उक्त समूहसँगको खरीद सम्झौता रद्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published.