October 17, 2021

Halkhabar kura

Entertainment Site

यी युवतीको दाबी- हावाले मलाई गर्भवती बनायो भनेपछि विश्वभर हंगामा !

1 min read

इण्डोनेसियामा एक युवतीले आफूलाई हावाले गर्भवती बनाएको दाबी गरेकी छिन्। सिती जाइना नामकी २५ वर्षीया युवतीले आफूलाई हावाले गर्भवती बनाएको दाबी गरेकी हुन्। उनले त्यसको एक घण्टापछि छोरी पनि जन्माएकी छिन्।

जाइनाले आफू घरको बैठक कोठामा बसिरहेका बेला हावाको बहावले गर्भवती भएको आश्चर्यजनक अभिव्यक्ति दिएकी छिन्। दिउँसोको प्रार्थनापछि म घोप्टो परेर सुतिरहेकी बेला अचानक उनले हावाको बहाव आफ्नो पेटमा पसेको महसुस भएको बताएकी छिन्। त्यसको १५ मिनेटपछि पेट दुख्न थालेकाले आफू अस्पताल गएको र त्यहीँ बच्चा जन्माएको उनले जानकारी दिइन्।

चकित पार्ने गर्भाधानबारे स्थानीय अधिकारीहरुले पनि चासो देखाएको रिपोर्टमा उल्लेख गरिएको छ। सिडाउनको सामुदायिक क्लिनिकका निर्देशक इमान सुलेमानले आफू पनि ती युवतीलाई भेट्न गएको र आमा–छोरी दुबैको स्वास्थ्य अवस्था राम्रो हरेको बताएका छन्। इमानले क सितीलाई क्रिप्टिक प्रेग्नेन्सी भएको हुन सक्ने अनुमान गरेका छन्।

क्रिप्टिक प्रेग्नेन्सीमा भनेको आमालाई आफू गर्भवती भएको बच्चा जन्माउने व्यथा नलाग्दासम्म थाहा नहुने गर्भाधान हो। यस्तो गर्भाधान विश्वमा दुर्लभ मानिन्छ। सितीको पहिले नै एक सन्तान रहेको बताइएको छ। उनी ४ महिना पहिले नै श्रीमानसँग छुट्टिएकी हुन्। उनको उनले गरेको दाबी अप्राकृतिक र अपत्यारियो रहेको भन्दै प्रहरीले पनि यस विषयमा चासो देखाएको छ।