October 17, 2021

Halkhabar kura

Entertainment Site

श्रृंखलाका पाइला अब समाज सेवा तिर

1 min read

पूर्व मिस नेपाल श्रृङखल्ला खतिवडा पछिलो समयमा सामाजिक कार्यमा लागेकी छिन् । पारिवारीक हिसावमा राजनितिक पृष्ठभूमी भएकी खतिवडा आफु इन्जिनियरिङको विद्यार्थी भएपनि मोडलिङ र सामाजिक क्षेत्रमा उनले आफुलाई समाहित गर्दै आईरहेकी छिन् । नेपालको चर्चित तथा प्रखर बक्ता रमेश प्रसाइ सहित मोरङको गामथान गाउँ पालिकामा पुगेर उनले सो क्षेत्रको सामाजिक र सांस्कृतिक चाहानालाई बुझेर अगाडी बढाउने प्रयास थालेकी छिन् । मानव सेवा आश्रमसग मिलेर गाउपालिका का बृद्धबृद्दा बालबालिका र सुस्त मनस्थितिका मान्छेहरुलाई राख्नका निमित्त अब कोहि पनि सडकमा नजाउन भन्ने उदेश्यका साथ अति नै सेवा सुबिधाले सम्पन्न भवनको शिलान्यास भएको छ ।

त्येस्तै श्रृङखल्लाले,अछाममा महिलाहरुले छाउपडी प्रथाले भोगेको समस्या आफ्नो च्यानलमा देखिएकी छिन् ।
छाउपडीमा बस्दाको संघर्ष र यो प्रथाले निम्त्याएका कयौं घटनाका विषयमा उनले बोलेकी थिइन्।

महिनावारीका विषयमा यस्ता सन्देशमूलक भिडिओ पछिल्ला दिनमा नबनेका होइनन्। तर, श्रृंखलाको भिडिओ सचेतना अभियानमा मात्र नभई उनी आफ्नै लागि खास र नौलो अनुभव थियो। तेह्र वर्षको उमेरमा पहिलोपटक महिनावारी

भएकी श्रृंखलाले नेपाली समाजमा चलिआएका कुरीति मान्नुपरेन। तर उनले आफ्नो पहिलो महिनावारी भएको कुरा बाबालाई नभन्न आमालाई कसम खुवाइन्।

‘भाइ र बाबा काठमाडौंमा हुनुहुन्थ्यो,’ श्रृंखलाले पहिलो अनुभव सम्झँदै भन्छिन्, ‘पिरियड भएको बाबालाई नभन्न आमालाई कसम खुवाएँ। किनभने म बाबाको सानी छोरी भएर हुर्किरहेको थिएँ। जहिले पनि काखमा राख्ने, माया गरिराख्ने बाबाले फेरि छोरी ठूली भई भन्ठान्नुभयो भने कस्तो लाज हुने होला भन्ने लाग्यो।’

त्यसो त श्रृंखलालाई आमाले आठ-नौ वर्ष उमेरमै महिनावारीबारे ज्ञान दिएकी थिइन्। ‘महिनावारी बेला शरीरमा देखिने प्रक्रिया र आवश्यक खानपिन तथा सामग्रीबारे सचेत गराइरहनु हुन्थ्यो,’ उनी सम्झन्छिन्।

आमाले सिकाएकै कारण सानैदेखि महिनावारी अनुभवसँग परिपक्व भइन् उनी। आजभन्दा एक दशकअगाडि भर्खर ‘टिनएज’ लागेकी केटीलाई पहिलो महिनावारीमै धेरै ज्ञान हुनु हाम्रो समाजमा विरलै हो। श्रृंखलाले भने स्कुलका किताबमा पढ्नुअघि नै महिनावारी र महिला प्रजनन् स्वास्थ्यबारे आमाबाट शिक्षा पाइन्।

आमा र परिवारका अन्य सदस्य पनि महिनावारीबारे खुलेर बोल्ने हुँदा श्रृंखलाले अन्धविश्वासको चपेटामा पर्नुपरेन। त्यसैले, उनी आज पनि घरपरिवारबाट पाएको सहजताका कारण आफूलाई भाग्यमानी ठान्छिन्। घरमा सहज भए पनि समाजमा चलेको महिनावारी कुचलनबारे श्रृंखला सचेत थिइन्। आफन्त, दिदीबहिनी र साथीहरू पहिलो महिनावारीमा अर्काको घरको अँध्यारो कोठामा थुनिएर बस्नुपरेको, दिनदिनै खोलामा नुहाउनुपरेको देख्दा उनलाई असह्य हुन्थ्यो।