November 29, 2021

Halkhabar kura

Entertainment Site

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना, मिर्गौला प्रत्यारोपणपछि थप उर्जा लिएर काममा फर्किने विश्वास

1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । आउँदो बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तयारीस्वरुप प्रधानमन्त्री ओली सोमबार साँझ सवा ६ बजे अस्पताल भर्ना भएका हुन् ।

आउँदो बुधबार नेपाली र भारतीय चिकित्सकहरुले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नेछन् । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पनि सोही अस्पताल भर्ना गरिएको छ ।

१३ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत साउनदेखि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि उनी गत भदौमा सिंगापुर गएका थिए ।

यसअगाडि प्रधानमन्त्री ओलीले भिडियोमार्फत आफ्नो शल्यक्रिया सफलता पूर्वक सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । सोमबार साँझ अस्पताल भर्ना हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएको हुन् ।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो जीवन संघर्षमा बितेको बताए । उनले भने, ‘मेरो सिंगो जीवन कुनैन कुनै किसिमको संर्घषमा वित्दैआएको छ । कहिले निरंकुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहनेर हुन नदिनेहरुसँगको संघर्ष ।’

भिडियो सन्देशमा प्रधानमन्त्री ओलील १२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गराएको बारे पनि स्मरण गरे । त्यतिबेलाभन्दा अहिले मिर्गौला प्रत्यारोपण गर्न सहज भएको र अहिले थप सहज हुने उनले अपेक्षा छ।

नेपालमै अनुभवि नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागेकोमा आफूलाई गर्व लागेको उनले सुनाए । विकास र समृद्धिका मुर्छित सपनालाई नेकपाले निर्वाचनमार्फत जागृत गराएको र तिनलाई बीचमै आफूले नछोड्ने बताए ।

उनले भने, ‘ भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वाको जग मजवुत तुल्याउन सकिन्छ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन त्यसैगरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर म पनि अलप हुन्न।’

संसारमा कोही पनि अजम्बरी नहुने र आफू पनि अजम्बरी हुनका लागि ती कुरा नबताइरहेको ओलीको भनाइ छ। उनले आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क हुन आग्रह गरका छन्।

आफू अस्पतालमा रहेका बेला सरकार, पार्टी र संसद संचालनका लागि आवश्यक व्यवस्था गरिएको प्रधानमन्त्री ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले शीघ्र स्वास्थ्यलाभको कामना गर्ने स्वदेश र विदेशका सबै शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published.