January 21, 2022

Halkhabar kura

Entertainment Site

के तपाईलाई थाइरडको समस्या छ ? यस्तो गर्नुस

1 min read

काठमाडौं । मान्छे हरेक रोगको सिकार सिकार बनिरहेको छ । उमेर अनुसार धेरै प्रकारका रोगहरुले हामीलाई ग्रसित हुन्छौ दैनिक खानामा ३०–३० प्रतिशत सलाद र उसिनेको खानेकुरा तथा ४० प्रतिशत नियमित खानाको अनुपात मिलाएर खाने हो भने थाइराइडको समस्या कम गर्न सकिन्छ । सलादमा प्याज, काक्रो, गाँजर, भिजाइएको गेडागुडी खान सकिन्छ ।

त्यस्तै, उसिनेको खानेकुरामा आलु, तरुल र सखरखण्ड आदि खान सकिन्छ । साथै, अन्न, दाल, दूधजन्य खानेकुरा, माछा, अन्डा, च्याउ, ओखर, बदाम, नट्स, फलफूल, अदुवा, जुस, ग्रिन टी र प्रशस्त पानी खानपिउन सकिन्छ । यस्ता खानेकुराले शरीरमा मेटाबोलिज्मको मात्रालाई नियमित गर्न सघाउ पुर्याउछन् ।
नखाने ।

सोयाबिन र यसबाट बन्ने खानेकुरा खानुहुँदैन । सोयाबिनको तेलले शरीरमा थाइराइड हर्मोनमा कमी ल्याउँछ । सेतो आटाबाट बनेका पाउरोटी, बे्रेड, पिज्जा र बर्गर आदि ग्ल्युटिन तत्व भएका खानेकुरा सकेसम्म खानुहुँदैन । अझ औषधि सेवन गरिरहेकाले त ग्ल्युटिनयुक्त खानेकुरा खानैहुँदैन ।

खाएमा औषधिको प्रभाव घटाउनुका साथै शरीरमा पोषणको कमी हुन्छ । फुलगोभी र बन्दागोभीले शरीरमा आयोडिनको कमी गराउँछ । यसर्थ, आयोडिनको कमीका कारण थाइराइडको समस्या हुने भएकाले यस्ता तरकारी सेवन गर्नुहुँदैन । शरीरमा मेटाबोलिज्मको कमी हुनेले चिनी सेवन गर्नुहुँदैन । त्यस्तै, जंकफुड, तेलमा तारेका मैदाबाट बनेका र प्याकेटका खानेकुरा खानुहुँदैन ।

यो पनि पढ्नुस,

अहिले फागुनको महिना छ ।जाडो मौसम लगभग बिस्तारै सकिदै गाको महसुस हामीले गर्नसक्छौ । बिहान बेलुका अलिअलि चिसो भएतापनि देउसोको समयमा हामि एकसरो कपडा मात्र लगाएर नि हिड्न सक्छौ । गर्मी बढेसँगै हाम्रो दैनिक जीवनमा अनेकन समस्या आउन थाल्छ ।

अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुने मात्र होइन स्वास्थ्य अवस्थामा पनि गडबड सुरु हुन्छ । धेरै मानिसको समस्या भनेकै गर्मीमा शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्ने गर्छ । तर, यो एकमात्र कारण भने होइन। पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ। मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुनुको कारण ।

तर, यदि गर्मीकै कारण पिसाब पोलेको हो भने यस्तो अवस्थाबाट छुट्कारा पाउन यी सरल विधि अपनाउन सकिन्छ ।

पर्याप्त पानी पिउने । जसले व्याक्टेरिया पिसाबको माध्यामबाट बाहिर निस्कन्छ । कहिले काहिँ मनतातो पानी पिउँदा पनि पिसाब को पीडा कम हुन्छ । थोरै पानी काँचो दुधमा मिसाएर पिउनाले पनि यो समस्यामा कमि आउँछ ।

चिसो फल एवं तराकारी खानाले पनि यस्तो समस्यामा कमी आउँछ । अनारको जुस पनि लाभदायक हुन्छ । सुकुमेल र बदामलाई मिश्रीसँग पिसेर एक गिलास पानीको साथमा पिउनाले पनि पिसाब पोल्न कम हुन्छ ।

चामलको माडमा थोरै चिनी मिसाएर पिउँदा पनि पिसाब पोल्न कम हुन्छ । पिसाबको जलनबाट राहत पाउनका लागि नरिवलको पानी निकै उपयोगी मानिन्छ । नुहाई धुवाइ र सरसफाईमा ध्यान नपुगेर पनि पिसाब पोल्ने हुन सक्छ त्यसमा पनि ध्यान दिनु जरुरी हुन्छ ।

यसकारण पनि हामीले जाडो महिना होस या गर्मि महिना आफ्नो स्वास्थ्यको १२ महिनानै ख्याल गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.