November 29, 2021

Halkhabar kura

Entertainment Site

खरिपाटी क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट आज आउने

1 min read

काठमाडौं । चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याएर खरिपाटीमा क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणको रिपोर्ट सोमबार बेलुकासम्म प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो । आइतबारदेखि त्यसको प-री-क्ष-ण सुरु भएकोमा अहिलेसम्म आधा भन्दा बढीको प-री-क्ष-ण सकिएको राष्ट्रिय प्रयोशाला तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘ढिलोमा सोमबार बेलुकासम्म सबैको प-री-क्ष-ण रिपोर्ट आउँछ ।’ क्वारेन्टाइनमा राखिएको दिन संकलन भएको नमूनामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थिएन । अब शनिबार संकलित नमूनाको रिपोर्ट आउँदा पनि कोरोना संक्रमण ने-गे-टि-भ देखिएमा क्वारेन्टाइनमा रहेकाहरुलाई घर जान दिइने छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘आज साँझसम्म सबै रिपोर्ट आउने छ । औपचारिक कार्यक्रम गरेर क्वारेन्टाइनमा बसेकालाई बिदा गर्ने कुरा भएको थियो । तर अहिले त्यसमा फेरबदल भएको छ । ने-गे-टि-भ- देखिएकाहरु रिपोर्ट आउने बित्तिकै त्यहाँबाट बाहिरिन वा घर जान सक्नु हुन्छ ।’

यो पनि पढ्नुस,

चीनबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएपछि सरकारले सतर्कता अपनाउन थालेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर तत्कालका लागि ठूला सभा, सम्मेलन, भोजभतेरसहितका कार्यक्रम नगर्न आह्वान गर्नुभएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न आवहान गरिएको हो ।  यस्तै अफ्ठ्यारो अवस्थामा आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकिने उहाँको भनाई छ । मन्त्री ढकालले देशलाई विश्वसँग जोड्ने त्रिभुवन विमानस्थलमा स्वास्थ्य जाँचलाई अझै कडा बनाईने बताउनुभयो ।

त्रिभुवन विमानस्थलबाट बाहिरिने र भित्रिने दुवैको स्वास्थ्य जाँच गरिनेपनि उहाँको भनाई छ ।  यस्तै स्वास्थ्यमन्त्रालयले चीनबाट ल्याइएका १७५ जनालाई घर पठाएपछि भक्तपुरस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनलाई यथावत राख्ने भएको छ ।

मन्त्री ढकालले चीनबाट ल्याइएका सबैमा कोरोना भाइरस नेगेटिभ देखिएकाले केही दिनमा नै घर पठाउने जानकारी दिनुभयो । तर ती विद्यार्थी घर फर्किएपछि उक्त क्वारेन्टाइनलाई तयारी अवस्थामा राखिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.