November 28, 2021

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषद्को निर्णय: राजदूत पौडेल चीनबाट फिर्ता, नयाँ राजदूतमा पाण्डेको नाम सिफारिस

1 min read

काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । ‘उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो’ एक मन्त्रीले भने ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा उनी मन्त्रीस्तरको कूटनीतिक दर्जा पाएर राजदुत नियुक्त भएका थिए ।

नयाँ राजदूतमा पाण्डे सिफारिस: आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी( कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।

यो पनि पढ्नुस,

सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै ‘भ्रमण वर्ष २०२०’ लाई स्थगित गर्ने निर्णय गरेको हो ।

अब सन् २०२२ मा भ्रमण वर्ष मनाउने निर्णय पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भ्रमण वर्ष २०२० स्थगित गरी २०२२ लाई भ्रमण वर्ष घोषणा गर्न प्रधानमन्त्रीले नै प्रस्ताव गरेका हुन् ।

आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो । ‘उहाँलाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको हो’ एक मन्त्रीले भने ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा उनी मन्त्रीस्तरको कूटनीतिक दर्जा पाएर राजदुत नियुक्त भएका थिए ।

नयाँ राजदूतमा पाण्डे सिफारिस: आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी( कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।

Leave a Reply

Your email address will not be published.