November 29, 2021

Halkhabar kura

Entertainment Site

मन्त्रिपरिषद् निर्णय: कोरोना भाइरस भित्रिन नदिन भ्रमण वर्ष २०२० स्थगित, २०२२ मा मनाउने

1 min read

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगित गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै ‘भ्रमण वर्ष २०२०’ लाई स्थगित गर्ने निर्णय गरेको हो ।

अब सन् २०२२ मा भ्रमण वर्ष मनाउने निर्णय पनि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भ्रमण वर्ष २०२० स्थगित गरी २०२२ लाई भ्रमण वर्ष घोषणा गर्न प्रधानमन्त्रीले नै प्रस्ताव गरेका हुन् ।

आइतबार नै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालले नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट सन् २०२० को मार्च महिनामा स्वदेश तथा विदेशमा गरिने प्रचारप्रसारका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

यो पनि पढ्नुस,

चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी आइतबार घर फर्किएको छ।

नगरकोटको खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा राखिएका जहाजका चालकसहित १८ जनाको शनिबार संकलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण नपाइएपछि उनीहरूलाई क्वारेन्टाइनमा राखिएको १५ औं दिनमा घर फर्काइएको हो।

त्यहाँ रहेका १८ जनालाई बिदाई गरी घर फर्काइएको सुरक्षाको नेतृत्व गरिरहेको नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिए ।

यसअघि यही फागुन ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने दोस्रोपटक क्वारेन्टाइन बसेको १४औं दिनमा शनिबार स्वाब नमुना संकलन गरिएको थियो।

यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिएका छन् ।

उनले पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चर णमा उपचार का लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हालेको एक सय दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गरेका हुन् ।

उनले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन सुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published.