September 24, 2021

Halkhabar kura

Entertainment Site

स्वेता खड्काबारे नराम्रो बोलेपछि सुस्माले खाईन् धुलाई अनि धुरुधुरु रुँदै प्रहरी कहाँ पुगिन् (भिडियो)

1 min read

नायिका सुष्मा कार्की आफ्ना अभिब्यक्तिका कारण चर्चित छन् । उनले खेलेका फिल्म र गरेका आइटम डान्स भन्दा उनले बोलेका कुराले उनलाई चर्चामा ल्याइ रहन्छन् ।

तर चर्चा सधैं सकारात्मक हुन्छ भन्ने छैन । उनले अरुको आलोचना गर्दा उनको पनि आलोचना हुने गर्छ । पछिल्लो समय यस्तै भएको छ । उनले धुलाई भेटेकी छिन् । यो कुराको पुष्टी पनि नायिका आफैंले गरेकी हुन् ।

नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आरोप कार्कीको छ ।

नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताइन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’

नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ ।

उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै रसाइलीमाथि दुर्व्यवहार गरेकी थिइन्।

‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,’ रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’