November 29, 2021

Halkhabar kura

Entertainment Site

पत्रकारको लाइसेन्सको लागि हुने परीक्षाको औचित्य छैन: प्रेस युनियन

1 min read

काठमाडौं ।  नेपाल प्रेस युनियनले पत्रकारको लाइसेन्सको लागि हुने परीक्षाको औचित्य नभएको बताएको छ।

युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा सरकारले परीक्षा लिने गरी कुनै पनि निकाय खडा गर्ने पक्षमा वकालत गर्न नसकिने उल्लेख छ। प्रेस युनियनले नागरिकको मौलिक हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याउन लागेको प्रावधान सञ्चाउन माग गरेकाे छ।

मिडिया काउन्सिल विधेयकमा केहि संसोधन गर्न तयार रहेको सरकारले सञ्चारकर्मीहरुलाई लाइसेन्स लिनुपर्ने गरी ल्याउन लागेकाे नयाँ व्यवस्थाप्रति युनियनले आपत्ति जनाएको हो। संविधानको मर्मविरुद्ध गएर कानुन बनाउन सत्तारुढ दलको बहुमत रहेको संसद उद्यत रहनु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

सरकारको कुनै अमुक निकायबाट परीक्षामा उत्तिर्ण भएपछि मात्र समाचार वा विचार अभिव्यक्ति गर्न पाइन्छ भन्नु नियन्त्रित सोचको उपज भएको युनियनको ठहर छ।

  नेपाल प्रेस युनियनले पत्रकारको लाइसेन्सको लागि हुने परीक्षाको औचित्य नभएको बताएको छ।

Leave a Reply

Your email address will not be published.