October 19, 2021

Halkhabar kura

Entertainment Site

हालसम्मकै उच्च संख्यामा संक्रमित फेला, १ हजार ९११ जनामा संक्रमण पुष्टि

1 min read

नेपालमा आज थप १९११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिलो २४ घन्टामा १२४४४ जनामा गरिएको पीसीआर परिक्षण मा १९११ जनामा कोरोना पुष्टि भएको छ ।यो संख्या पछिलो दिनहरुको उच्च हो ।आज थपिएका संक्रमित सहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ७९७२८ पुगेको प्रबक्ता गौतमले बताएका छन् ।उनका अनुसार पछिलो २४ घन्टामा कोरोना संक्रमण बाट मुक्त भै घर फर्कनेको संख्या ९६१ रहेको छ ।

प्रबक्ता गौतमका अनुसार पछिलो २४ घन्टामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ११ रहेको छ ।आज ज्यान गुमाउने कोरोना संक्रमित सहित हाल सम्म ५०९ जनाले कोरोना संक्रमण बाट ज्यान गुमाएका छन् ।यस्तै आज काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published.