January 21, 2022

Halkhabar kura

Entertainment Site

जवानको दु:खमा डिआईजीको साथ : ५ महिनादेखि कार्यालयमै बास

1 min read

हाम्रो मातृभुमि नेपालमा कोरोना सं’क्रमण वि’रुद्धको ल’डाईमा सुरक्षाकर्मीहरु अझै खासमा नेपाल प्रहरी ज्या’नको माया मारेर भिडेको छन । आफ्नो साविक ज़ि’म्मेवारी वहन गर्नुको अलावा दिनरात सं’क्रमण फै’लन नदिन जन’चेतना फैलाउने देखि राशन पुर्याउनेसम्म अनि अस्पताल पुर्याउने देखि घाट पुर्याउनेसम्मको काममा प्रहरी डटेको छ । घर परिवार देखी टाढा रहेकोले घर परिवार भन्न नपाउने, बिदा बार नभनी काम गर्ने त प्रहरीको सदैवको वा’ध्यात्मक सत्य नै भयो तर अहिले त आफु कार्यरत स्थानको अ’त्यन्त नजिकै रहेको घर गएर (घर अर्थात जहाँ परिवार छन) परिवारसँग बस्न समेत नसक्ने, नपाउने अवस्था बनेको छ प्रहरीको ।

केहि समय अगाडी वरिष्ठ पत्रकार, प्रेश काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो फेसबुकमा महानगरीय प्रहरी आयुक्त डीआइजी विश्वराज पोखरेल काठमान्डौमा कोरोना सं’क्रमण नि’यन्त्रण र आवश्यक व्यवस्थापनको काममा व्यस्त रहेकोले घर नगएर कार्यलयमै बसेर खटेको दुइ तिन महिना कति भयो भनेर लेख्नु भएको थियो, आज एउटा कामले सम्पर्क हुँदा डिआइजी साबलाइ सोधें “विश्व साब अनि अझै पनि घर हैन कार्यलयकै बसाइ र खटाइ ?” भनेर सोधेको थिएँ , वहाँले भन्नु भयो “ हामि प्रहरी भनेकै सदैव खटन र डटन त हो, ठिकै छ ! यो असामान्य परिस्थितिमा म त घर नगएर यहीं बसेर काम गरेको पाँच महिना भएछ के नै भयो र हाम्रा सिपाही हवल्दारहरु सामान्य अवस्थामा लामो समय कार्यक्षेत्रमै रहँदा त गु’नासो नगरी काम गर्छन, उच्च मनोवल राखेर मरेर पनि बचाउने म’नोवल राख्छन ।

हाम्रो दुख त के दुख ? प्रहरीको कामको आधारमा प्रहरीको सदा समर्थक र प्रशंसक रहेको मलाइ नेपाल प्रहरीको आशा लाग्दो अधिकृत रहेका डिआइजी पोखरेलको भनाइले प्रहरी केवल अ’ग्रगमण तर्फ, थप व्यवसायिकता तर्फ नै जाँदैछ भन्ने आभास भयो । सिपाहीलाइ पनि तपाईं भन्नुपर्छ सम्मान गर्नुपर्छ भन्ने शैलेश थापा जस्तो शालीन आइजीपी भएको संगठन अनि सिपाही दुख हेरेर हामिले आफुलाइ वदल्नु पर्छ भन्ने ठान्ने विश्व पोखरेल जस्तो डिआइजी भएको प्रहरी बढ्ने त जरुर अगाडी नै हो ।

Leave a Reply

Your email address will not be published.