October 19, 2021

Halkhabar kura

Entertainment Site

रौतहटमा एक दलित महिलाको घाँटीमा सलले बेरेर ह’त्या

1 min read

रौतहट गढीमाई नगरपालिका-३ लक्ष्मीपुर मुसरीटोलकी एक महिलाको ह’त्या भएको छ। दुई साता नपुग्दै रौतहटमा हत्याको यो दोस्रो घ’टना हो। प्रहरीका अनुसार ३५ वर्षीया मिन्त्रादेवी बैठाको आइतबार साँझ ह’त्या भएको हो। प्रहरीलाई सवा ६ बजे हत्याको खबर आएको थियो।

घाँस काट्न गएकी ती महिलालाई घाँ’टीमा सारीको फे’रोले क’सेर ह’त्या गरिएको अवस्थामा फेला पारिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए। उनी घरबाट करिब चार सय मिटर पर घाँस काट्न गएकी थिइन्। घटनास्थलमा उखुबारी मडारिएको तथा पातपतिंगरहरू सोहोरिएको देखिएको छ। उनका श्रीमान् काठमाडौंमै एउटा क’वाडी का’रखानामा काम गर्छन्। ती महिलालाई ब’लात्कारपछि ह’त्या गरेको हुनसक्ने आ’शंका पनि गरिएको छ। तर, प्रहरीले यकिन गर्न सकेको छैन। ‘बलात्कारपछि हत्या गरेको पनि हुनसक्छ, हामीले रिपोर्ट हेरिसकेका छैनौं,’ श्रेष्ठले भने।

अहिलेसम्म यो घटनामा संलग्न कोही पनि प’क्राउ परेका छैनन्। घटना अनुसन्धानमा जुटेको भन्दै प्रहरी उपरीक्षक खड्काले तत्काल कोही पनि प’क्राउ नपरेको बताए। ‘घाँटी क’सेर ह’त्या गरिएको अवस्थामा ला’स फे’ला परेको छ,’ उनले भने, ‘घटनाको अनुसन्धानमा छौं, केही फेला परिसकेको छैन।’ शरीरको छाला पि’ल्सिएको देखिँदा उनलाई घाँटी कसेपछि घिस्याएको देखिन्छ। उनको शरीरभरि चो’ट लागेको छ।kantipath

Leave a Reply

Your email address will not be published.