October 17, 2021

Halkhabar kura

Entertainment Site

अन्तत : रेशम छोड्ने सहमति पत्रमा हस्ताक्षर, यस्तो छ सम्झौता पत्र ( सहमति पत्र सहित )

1 min read

जेठ १८ मंगलबार , काठमाण्डौ।

अन्तत :  रेशम चौधरी रिहा हुने नै भएका छन्।

भर्खर सरकार र थरुहट / थारुवान संयुक्त संघर्ष समिति बीच सहमति भएपछी उक्त कुरा सम्भव  हो।

सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा विभिन्न कुरा उल्लेख भएको छ ।

सहमतिअनुसार रेशम चौधरी लगायतमाथि लगाइएको मुद्दा फिर्ता लिइने तथा कानुनसम्मत रुपमा रिहाइको लागि समेत पहल गर्ने सहमति भएको छ।

सरकार र थारु कल्याणकारी सभा,थरुहट/थारुवान संघर्ष समितिबीच भएको वार्ताका क्रममा भएको ६ बुँदे सहमतिमा थरुहट/थरुवान आन्दोलनका क्रममा सहिद भइ राहत प्राप्त गर्न छुटेका परिवारलाई राहत उपलब्ध गराउने,शहिद परिवारको उचित व्यवस्थापन गर्ने,घाइतेको उपचार गर्न सरकार राजी भएको छ ।